मातृ तथा शिशु मृत्युदर कमगर्न सरकार तत्पर छ : मन्त्री खनाल

    • पुष २५, २०८०
    • २३१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बाँके, २५ पुस। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खानलले मातृ शिशु मृत्यु हुन नदिन प्रदेश सरकारले उच्च प्राथमितामा राखेको बताए।

    नरैनापुर गाउँपालिकामा निर्माणधिन अस्पतालको निरिक्षण गर्न आएका मन्त्री खनालले आमा सुरक्षा कार्यक्रम ल्याएर मातृ शिशु मृत्युदरमा कमी ल्याउने बताएका हुन्।

    मन्त्री खनालले भने, ‘स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, आमा सुरक्षा कार्यक्रमले सबै आमालाई प्रसूति सेवाको पहुँच सुनिश्चितता गरेको छ।

    उनले लुम्बिनी प्रदेशले नरैनापुरलाई प्राथमिकतामा राखेको बताउदै निर्माणधिन अस्पतालका लागि ५० लाख बजेट विनियोजन गरेको बताए। उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारले सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरे।

    आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका तयार भएको जानकारी दिँदै उनले नरैनापुरमा निर्माणधिन अस्पताललाई प्रसूति तथा स्त्रीरोग अस्पतालका रुपमा विकास गर्न थप बजेटको व्यवस्था मिलाउने बताए।

    नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरु लागि परेको बताउदै आर्थिक अभाव र आवश्यक उपकरण खरिद गर्न नसक्दा चाहेजस्तो स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको बताए। उनले पालिकामा स्रोत अभाव रहेको दर्शाउँदै प्रदेश र संघीय सरकारबाट बजेटको व्यवस्था मिलाई दिन मन्त्री संग आग्रह गरे।

    स्वास्थ्य संयोजक नगेन्द्र कमार शाहले पालिकामा ४६ हजार दुई सय जनसंख्या रहेको बताउदै यो आर्थिक वर्षमा छ सय ६६ जना सुत्केरी र एक हजार दुई सय १५ जना गर्भवति रहेको तथ्याकं प्रस्तुत गरे।

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल