खुकुरी प्रहारको प्रयास गर्ने सिंह प्रहरी नियन्त्रणमा

    • पुष २४, २०८०
    • २४३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २४ पुस। सिरहामा मिटरब्याज पीडितमाथि खुकरी प्रहारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    मिटरब्याज पीडित भनिएका सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास गरेको आरोपका इलाका प्रहरी कार्यालय मिर्चैयाले कल्याणपुर नगरपालिका ८ अरङका रामनारायण सिंहलाई नियन्त्रणमा लिएको हो।
    प्रहरीले पक्राउ गरेको

    फोटो र भिडियोहरुमा अन्य व्यक्तिलाई खुकुरी उज्याएको देखिएपछि प्रहरीले सिंहलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र वस्नेतले जानकारी दिए। उनले पीडितले अहिलेसम्म उजुरी नदिएपनि सिंहलाई नियन्त्रणमा लिएको बताए। उनले भने, ‘अहिले सम्म पीडितले उजुरी दिएको छैन, सिंहले व्यक्तिमाथि खुकुरी उज्याएको फोटो र भिडयोको आधारमा नियन्त्रणमा लिएका हौं। पीडितले उजुरी दिएपछि थप कानुनी प्रकृया अगाडी बढ्छ।’

    कल्याणपुर नगरपालिका ८ मझौराका मिटरब्याजी सुरेश पञ्जियारले कब्जा गरी रामनारायण सिंहसँग बेचिसकेको घरमा सोमबार दिउँसो सञ्जय पस्न खोजेपछि उनीमाथि कुटपिटसँगै खुकुरी प्रहारको प्रयास भएको थियो।

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल