नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरीमा नयाँ कार्यसमिति गठन

    • पुष २१, २०८०
    • १९५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बर्दिवास, २१ पुस। नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखाले नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

    आज भएको दोश्रो साधारणसभाले दिपक कार्कीको नेतृत्वमा १५ जनाको कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको हो।

    निर्वाचित हुनेहरुमा बरिष्ठ उपसभापतिमा भोज प्रसाद फुयाँल, उपसभापतिमा रामबाबु यादव, सचिवमा भवनाथ खतिवडा, स(सचिवमा डोरमणी ढकाल, कोषाध्यक्षमा पुजा हमाल निर्वाचित भएका छन्।
    न्यूज कारखाना।

    त्यस्तै सदस्यहरुमा कृष्ण गौतम, कोसीका हमाल, इन्द्र नारायण सिलवाल, चन्द्रमणी क्षेत्री, बिशाल बस्नेत, सविना कार्की, इन्द्रदेव यादव, सूर्यनारायण साह, बैकुण्ठ देवकोटा र श्याम राउत निर्वाचित भएको प्रतिष्ठानले जनाएको छ।

    निर्वाचित कार्यसमितिलाई बधाई तथा सुभकामना ब्यक्त गर्दै कार्यक्रमका प्रमुख अथिति लक्ष्मी महतो कोइरीले हृदयरोग निवारण महोत्तरी प्रतिष्ठानलाई थप अगाडी बढाउन मुख्य प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्दता जनाए।

    एक बर्षभित्र आफ्नै भवन बनाउन मदत गर्ने बताउदै महोत्तरी क्षेत्र नम्वर १ का संघिय संसद समेत रहेका कोइरीले बजेटवाट नभएतापनि निजि सहयोग गर्ने वताए।

    कार्यक्रममा प्रदेशसभा सदस्य शारदादेवी थापा, नेपाल हृदयरोग निवारण प्रतिष्ठान मधेश प्रदेशका संयोजक मथुराम यादव लगायतको उपस्थिति रहेको थियो। अहिले महोत्तरी प्रतिष्ठानमा एक सय ७६ सदस्य रहेका छन्।

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल