नक्कली नेपाली नोटको जालो तोड्दै रौतहट प्रहरी

    • पुष १९, २०८०
    • २२८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सञ्जय मिश्रा

    रौतहट, १९ पुस। रौतहटस्थित प्रहरीको सक्रियता बढेसँगै नेपाली नक्कली नोट कारोबारको जालो तोडिँदै गएको छ। गत साउन यता प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न ८ जनालाई पक्राउ गर्न सफल भएको छ।

    जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी १८ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित एक जना मानिसलाई सार्वजनिक गरेको छ। नक्कली नोटसहित पक्राउ परेका गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादवलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो।

    यादवको साथ बाट नेपाली १ हजार दरको १८ सय ४३ थान १८ लाख ४३ हजार नक्कली नोट बरामद भएको एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्। गोप्य सूचनाको आधारमा बुधबार देवाही गोनाही नगरपालिका ८ पटेल चौकमा प्रहरीले गरेको चेकजाँचमा यादवको साथबाट उक्त नक्कली नोटका साथै बिभिन्न बैंकको ५ थान एटिएम,१६ लाख ६५ हजार लेखिएको ३ थान चेक र ओपो कम्पनीको मोबाइल एकथान बरामद भएको जनाइएको छ।

    अभियुक्त यादव नक्कली नोटको कारोबार गरिरहेको प्राप्त सूचनाको आधारमा पछिल्लो ३ महिना देखिको निगरानीमा बुधबार पक्राउ गरिएको एसपी श्रेष्ठले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन्।

    उनीमाथि कानुन अनुसार मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

    यसअघि नक्कली नोटको कारोबारमा संलग्न गरुडा नगरपालिका ५ का मंगल दासको छोरा ४० वर्षीय विरेन्द्र दास, गणेश साहको छोरा २२ वर्षीय राम पृत साह, कटहरिया नगरपालिका ९ का २१ वर्षीय अनिला साह, सर्लाही त्रिभुवन गाउँपालिका ४ का रेवी दासको छोरा १९ वर्षीय दीपक दासलाई प्रहरीले पक्राउ गरेको हो।

    गरुडा नगरपालिका ५ शिवनगर मेलामा डिउटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट भारतिय एक सय दरको ४ थान चार सय नक्कली नोट बरामद भएको थियो।

    त्यस्तै परोहा नगरपालिका २ बस्ने मंगर साह तेलीको छोरा वर्ष ५८ वर्षीय बच्चेलाल साह, गढीमाई नगरपालिका ४ सुन्दरपुर टोलका पुरन साह कानुको छोरा ४९ वर्षीय सोभालाल साह, मौलापुर नगरपालिका ७ टोल पिपरिया बस्ने जयलाल साह कानुको छोरा वर्ष ४१ वर्षीय बिहारीलाल साह कानुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

    गत कार्तिक १० गते दिउँसो गरूडा बजारस्थित नेपाल राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयमा उनीहरू खातामा रकम जम्मा गर्न ल्याएको नेपाली १ लाख ५० हजार मध्येका एक लाख भएको गड्डीबाट १हजार को दरको ७ थान जम्मा ७ हजार नक्कली नोट बरामद भएको थियो।

    त्यस्तै भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी जिल्ला ढाका थाना, सखहलिया १ वस्ने सुरेन्द्र ठाकुर पक्राउ परेका छन्।

    गत मंसिर ३० चन्द्रपुर नगरपालिका १० बालचनपुर चोक स्थित सुन्तला खरिद गर्दा नक्कली नेपाली एक हजार पसलमा दिने क्रममा संका लागि पसलेले प्रहरीलाई खबर गरेका थिए।

    प्रहरीले उनको शरिर खानतलासी गर्दा एक हजार दरको नक्कली नोट ( २० थान बिस हजार बरामद गरेको थियो।

    अभियुक्तहरु माथि कानुन अनुसार मुद्दा दायर गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
    न्यूज कारखाना

    महोत्तरीका पत्रकार ग ...

    बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रस ...

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल