जिल्ला अस्पतालहरुको चाँडै स्तरोन्नति हुन्छ : स्वास्थ्य मन्त्री सिंह

    • पुष ११, २०८०
    • ३४६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, ११ पुस। मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेशका आठ वटै जिल्ला अस्पतालको स्तरोन्नति चाँडै सुरुगर्ने बताए। नेपाल राष्ट्रिय मारवाडी सङ्गठनको प्राविधिक सहयोग नारायण सेवा संस्थान उदयपुर भारत र मारवाडी युवा मञ्चले निःशुल्क कृत्रिम हात खुट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आठवटै जिल्लाका अस्पतालहरु वैशाखभित्र स्तारोन्नती हुने बताएको हो।

    उनले प्रदेशका जिल्ला अस्पतालको स्थलगत निरीक्षण गरी स्वास्थ्य मन्त्रालयले खटाएको टोलीले दिएको प्रतिवेदनका आधारमा चिकित्सक, उपकरण र भौतिक अवस्था पूर्ति गर्ने मन्त्री सिंहले बताए। मन्त्री सिंहले १५ शय्या रहेका जिल्ला अस्पताललाई एक सय शय्यामा परिणत जनतालाई सर्वसुलभ तवरले स्वास्थ्य सेवा प्रदान गरिएने बताए।

    मन्त्री सिंहले स्वास्थ्य नागरिक नभएसम्म शिक्षित र समृद्ध मधेश हुन नसक्ने जिकिर गरे। उनले भने, ‘मधेश प्रदेशमा खुट्टा तान्ने प्रवृत्तिको कारण स्वास्थ्य, शिक्षा र विकासमा विकट कर्णाली प्रदेशभन्दा पछि परेको छ। मारवाडी युवा मञ्चले हात खुट्टा नभएका एक सय ३५ जनालाई एक सय ४८ वटा कृत्रिम हात खुट्टा वितरण गरेर नयाँ जीवन प्रदान गरेको छ। सरकारले गर्न नसकेको कार्य मारवाडी युवा मञ्चले गरेको छ। समाजले गरिरहेको सकारात्मक कार्यको अनुकरण अन्य सामाजिक सङ्घ संस्थाले गरेमा मधेश प्रदेशको समृद्धिमा टेवा पुग्नेछ।’

    लहानस्थित राम कुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताललाई स्तरोन्नति गर्न दाताद्वय राम कुमार शारदा र उमा प्रसाद मुरारकाको नाम थप्ने कार्य प्रदेश सरकारले गरी सकेको बताए। प्रदेश सरकारसँग दाता परिवारकोतर्फबाट मुरारीलाल मुरारकाले गर्नुभएको प्रतिबद्धता अनुसार अस्पतालको नाउँमा जग्गा रजिष्ट्रेशन हुने कार्य अघि बढिसकेकोले लहान अस्पतालको सेवामा सुधार ल्याउन चिकित्सक, उपकरण र भवन निर्माणको कार्य चाँडै अघि बढ्ने जानकारी जनाए। मन्त्री सिंहले थपे, ‘लहान अस्पताललाई प्रदेश सरकारले उपलब्ध गराएको उपकरणहरू प्रयोगमा ल्याउन चिकित्सकहरूले किन आनाकानी गरिरहेको छ? यसबारे पनि स्वास्थ्य मन्त्रालय चाँडै प्रभावकारी कदम चालिनेछ।’

    कार्यक्रममा लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले लहानको औद्योगिक विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा मारवाडी समुदायले पुर्‍याएको योगदानको सराहना गर्दै विकलाङगहरुलाई लगभग दुई करोड मूल्यको कृत्रिम हात खुट्टा वितरण गर्न नेपाल राष्ट्रिय मारवाडी सङ्गठनका अध्यक्ष मनोज अग्रवाल, लहान मारवाडी मञ्चका अध्यक्ष राहुल शारदा र जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा लहानका अध्यक्ष विकास शारदा लहानका चेतन मुरारका र भारत उदपपुरका नारायणसेवा संस्थानका हरि प्रसाद खाडाले गरेका उदाहरणीय कार्यबाट लहान बासिलाई प्रेरित गरेको बताए।

    निःशुल्क कृत्रिम हात खुट्टा पाएका लहान २० का विनोद चौधरी, सिरहा नरहा गाउँपालिका ५ बालुवाका विजय कुमार यादव, सिरहा कर्जन्हा नगरपालिका ११ का २८ वर्षका विजय राउत, सप्तरी डाकनेश्वरी १ का शिक्षक वसन्त कुमार चौधरी, पर्सा जिल्ला पटेर्वा सुगौली २ का ४३ वर्षीय चेत बहादुर क्षेत्रीले विकलाङगहरुको तर्फबाट कृत्रिम हात खुट्टा ग्रहण गर्दै नयाँ जीवन पाएकोमा खुसी व्यक्त गरे।

    महोत्तरीका पत्रकार ग ...

    बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रस ...

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल