काठमाडौँ रेजर्सलाई हराउदै ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा

    • पुष १०, २०८०
    • २४१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौँ, १० पुस। ललितपुर सिटी एफसी जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरमा पुगेको छ।

    मंगलबार सम्पन्न इलिमिनेटरमा  काठमाडौँ रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको हो।

    ललितपुरको जितमा नाइजेरियन खेलाडी इमाह इजेकिएलले दुई गोल गरेका थिए भने फ्रेन्च खेलाडी पापा इबोउ केबेले एक गोल गरेका थिए। पहिलो हाफमा २ गोल गरेको ललितपुरले दोस्रो हाफमा एक गोल थपेको थियो।

    पहिलो हाफको ३६औं मिनेटमा इजेकीएलले गोल गर्दै ललितपुरलाई शुरुवाती अग्रता दिलाएका थिए भने ४४औं मिनेटमा केबेले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । त्यस्तै दोस्रो हाफको ५२औं मिनेटमा इजेकीएलले हेडमार्फत आफ्नो दोस्रो गोल गर्दै ललितपुरको अग्रता तेब्बर पारेका थिए।

    यो जितसँगै अब ललितपुर यस सिजनको दोस्रो क्वालिफायरमा पुगेको छ। अब दोस्रो क्वालिफायरमा ललितपुर सिटीले पोखरा थण्डर्सको सामना गर्ने छ। विहिबार हुने यस खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्ने छ।

    त्यस्तै इलिमिनेटरमा हार बेहोरेको सँगै नेपाल सुपर लिगको डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्सको यस सिजनको यात्रा समाप्त भएको छ।

    यस सिजनको फाइनल खेल आगामी शनिबार हुने तालिका रहेको छ। 

    न्यूज कारखाना। 

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल