नेपाल सुपर लिगको प्लेअफको समीकरण पुरा

    • पुष ८, २०८०
    • १७४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ८ पुस। जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको प्लेअफको समीकरण तय भएको छ।

    लिग चरणका खेलहरु सकिए पछि अब शिर्ष चार क्लब प्लेअफमा पुगेका छन्। जसमा पोखरा ठण्डर्स १५ अंकसहित शिर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको छ।

    त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्स १२ अंकसहित तेस्रो हुदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुदै प्लेअफमा छनौट भएको छ।

    त्यस्तै झापा एफसी र बुटवल लुम्बिनीले १०-१० अंक हासिल गरेपनि गोल अन्तरको आधारमा पाँचौं र छैटौं भएपछि प्लेअफमा पुग्न असफल भएका छन्। त्यसैगरी एफसी चितवनले ९ अंक हासिल गरि सातौ, बीरगंज युनाइटेड र स्पोर्टिंग इलामले ८-८ अंक हासिल गरि आठौँ र नवौं स्थान हासिल गरेका छन्।

    लिग चरणमा ८-८ खेल खेलिएको यस नेपाल सुपर लिगका प्लेअफका खेलहरु सोमबारदेखि शुरु हुने छन्।

    प्लेअफको पहिलो क्वालिफायर खेल सोमबार साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुदै छ। पहिलो क्वालिफायरमा शिर्ष स्थानमा रहेको पोखरा ठण्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसी खेल्दै छन्। यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित भएको टिमले क्वालिफायर २ खेल्न पाउने छ।

    त्यस्तै इलिमिनेटरमा तेस्रो भएको काठमाडौँ रेजर्स र चौथो भएको ललितपुर सिटी खेल्ने छन्। यो खेल मंगलबार हुने छ। यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिमसँग खेल्ने छ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल आगामी विहिबार हुने छ।

    नेपाल सुपर लिगको फाइनल खेल आगामी शनिबार हुने छ।

    न्यूज कारखाना।

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल