सिरहा, ४ पुस। डिभिजन वन कार्यालय, लहानले अवैध ढुङ्गा, गिट्टी, तथा वालुवा उत्खन्न गरे÷गराएको अरोपमा धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जना विरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ।
धनगढीमाई नगरपालिका १२ र १३ स्थित सर्रेखोला सामुदायिक वन क्षेत्र उत्खनन्, विक्री तथा व्यवस्थापन सम्वन्धी मापदण्ड विपरित उत्खनन् अनुमति दिएको भन्दै वन कार्यालयले प्रमुख प्रशासकीय धिकृत ओम प्रकास महतोमाथि मुद्दा दायर गरेको हो।
सर्रेखोला सामुदायिक वन क्षेत्र भित्रबाट अवैधरुपमा उत्खनन तथा ओसारपोसारमा संलग्न रहेको अनटेस्ट जेसीवी एक थान र सात थान ट्याक्टरसहित चालक वन कार्यालयले गत मंसिर १५ गते नियन्त्रणमा लिएको थियो।
वनले सवारीसाधनसहित पक्राउ परेका मंजित कुमार यादब, फुलकुमार यादब, संदिप कुमार यादब, राम कुमार यादब, अरविन्द किशोर यादब, ईन्द्रजित महतो, रमन किशोर यादब, पुरुषेत्तम यादब विरुद्दा दायर गरेको आज एक विज्ञप्ती मार्फत सार्वजनिक गरेको हो।
डिमिभजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीद्वारा जारी विज्ञप्तीमा अनुसन्धानबाट खुलेका जेसीवीका. धनि वद्रि यादव, ट्रयाक्टर धनिहरु अजित पासवान, रधुनाथ कुमार महतो, विमल अधिकारी, सरोज कुमार यादब, राकेश यादब, हरी नेपालीमुद्दा दायर गरेको उल्लेख गरेको छ।
त्यसैगरी, धनगढीमाई नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत ओम प्रकाश महतो, प्रशासन शाखा सहायक रंजित कुमार सिंह र वरुण कन्सट्रक्नका संचालक निलम कुमारी यादवमाथि समेत मुद्दा दर्ता गराएको छ।
उनीहरुले वन नियमावली, २०७९ को नियम ३०(५) र वातावरण संरक्षण ऐन, २०७६ को दफा ३(ख) वमोजिम तथा ढुङ्गा, गिट्टि, वालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्वन्धी मापदण्ड, २०७७ को दफा ४(ख) र ६(३) वमोजिमको प्रकृया पुरा नगरी अबैध ढुङ्गा, गिट्टि तथा वालुवाको उत्खनन् गर्ने गराउने कार्यमा संलगन रहेको अनुसन्धानबाट खुलेको विज्ञप्तीमा उल्लेख गरीएको छ।
प्रतिवदीहरुले एक लाख ५७ हजार आठ सय १५ रुपैयाँ बराबरको हानिनोक्सानी गरेको विगो सहित वन ऐन, २०७६ को दफा ४९(झ) वमोजिम कसुरमा सोही ऐनको दफा ५०(६)(ड.) वमोजिम सजाय हुन र बोझबाहकको हकमा सोही ऐनको दफा ६८(१) वमोजिम जफत हुने उल्लेख गरिएको छ।
विज्ञप्तीमा लेखिएको छ, ‘फरार प्रतिवादीको हकमा अदालतबाटै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ वमोजिम हुने समेतको मागदाबी लिई डिभिजन वन कार्यालय, लहान, सिराहावाट समानित सिराहा जिल्ला अदालत सिराहामा मुद्दा दायर गरिएको छ।’