विरगञ्ज, ४ पुस। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुर सिमरा उपमहानगरपालिका २२ को ३ नम्बर पुललमा बस र ट्रक आपसमा ठोकिंदा दुवैवसका चालक सहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा २७ जना घाईते भएका छन्। आज बिहान २ बजे काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आपसमा ठोकिँदा चालक सहित तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ट्रकका चालक तनहुँको पीपलटार बस्ने २८ वर्षीय पूर्ण गुरुङ, बसका चालक मकवानपुर हेटौँडाका ४० वर्षीय हरि शम्सेर सुयाल थापा र ३० वर्षीय अर्का एक पुरुष छन्। ती पुरुषको भने अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।

दुर्घटनामा परी तनहुँको बन्दीपुर ६ का १७ वर्षीय तेजकुमार गुरुङ, सुनसरीको भासि २ बस्ने ३० वर्षीय खिलराज दुलाल, सुनसरीको इटहरी ४ बस्ने ४० वर्षीय सुरेन्द्र गौतम, गौतमकी श्रीमती ३५ वर्षीया सम्झना गजुरेल, गौतमकी छोरी १२ वर्षीया सोराय गौतम, गौतमका छोरा तीन वर्षीय सोडनेम गौतम घाईते भएकाछन्।

यस्तै, बसका सहचालक झापा दमकका ४० वर्षीय नगेन्द्र उप्रेती, भारत अरूणाचल प्रदेश घर भएका वर्ष ५२ का सिडिमाया, सोही ठाउँका वर्ष ५२ की नामा एमस, सोही ठाउँका वर्ष ४२ की श्रीग धौगा, वर्ष ४७ का पासाङ काण्डु भाइते भएका छन्।

यस्तै इलाम माईजुमा ५ का ३० वर्षीय विनोद तामाङ, इलाम चुलाचुलीका(५ का ३६ वर्षीय वीरबहादुर तामाङ, संखुवासभा मादी ९ का ३० वर्षीय चन्द्रबहादुर तामाङ, सोही ठाउँका २४ वर्षीय विर्खबहादुर तामाङ, इलाम चुलाचुली ३ का ३६ वर्षीय मनोज कुमार लिम्बु, सोही ठाउँका २० वर्षीय प्रवेश पटेल पनि दुर्घटनामा घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यस्तै, झापाको कमल ५ का १९ वर्षीय पुनम गुरुङ, भारत कालेबुङ बस्ने वर्ष २५ को छोमी लोप्चा, उनको पति वर्ष २९ को नामग्याल दोर्जे, उनको छोरी वर्ष २ की माया लोप्चा, झापा अर्जुनधारा ११ बस्ने ४९ वर्षीय हरिनारायण विश्वकर्मा, सुनसरी इटहरी ६ का ५४ वर्षीय अनिलकुमार थापा पनि दुर्घटनामा घाइते भएका छन्।

त्यसैगरी झापा बारदसी २ का ४२ वर्षीय धनबहादुर लिम्बू, भारत अरूणाचल प्रदेश बस्ने वर्ष १९ को छिरिङ पालेदेन र उर्लाबारीका २१ वर्षीया अमि श्रेष्ठ पनि दुर्घटनामा घाइते भएका छन्।

घाइतेहरुको चितवन र बाराका विभिन्न स्वास्थ्यसंस्थाहरुमा उपचार भैरहेको जिल्ला प्रहरी प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका तीन जनाको शव पोष्टमार्टमका लागि मकवानपुरको हेटौँडा अस्पतालमा राखिएको प्रहरीले जनाए।