वीरगञ्ज, २ मंसिर। सेवाग्राहीसँग घुस लिएको आरोपमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ३ का वडाध्यक्ष तारा कार्की अख्तियारको फन्दामा परेका छन्।

कार्कीलाई सेवाग्राहिसँग लिएको पाँच लाख नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाको टोलीले पक्राउ गरेको हो।

वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए।

जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको जनाएको छ। उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकम अख्तियारको टोलीले बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

वडा अध्यक्ष कार्कीलाई आवश्यक अनुसनधानको लागि हेटौंडा लाने तयारी भईरहेको जनाएको छ।