सिरहा, १ पुस। सिरहाको धनगढीमाई नगरपालिका १४ स्थित मुसहर वस्तीका ४० जना मुसहर बालबलिकालाई नेपाली मुलका फ्रान्सवासी दधी सापकोटाले न्यानो कपडा वितरण गरेको छ।
सापकोटाले ४२ घर परिवार मुसहर वस्तिका आठ वर्ष मुनिका बालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो।
वर्ष दिनमा नेपाल आउँदा केही समाजसेवा गरौं भन्ने उद्देश्यका साथ मुसहर वालवालिकाहलाई कपडा वितरण गरेको जानकारी दिए।
दैनिकी ज्यालादारी र मजदुरी गरी जिविकोपार्जन गर्दै आई रहेका दलित गरीव तथा अति विपन्न मुसहर समुदायले जाडोमा न्यानो कपडा पाएपछि जाडो काट्न सहज हुने वताइए।