प्रशासनको मनपरी तन्त्र तत्काल नरोकिए आन्दोलनमा उत्रने सिरहा काँग्रेसको चेतावनी

    • मंसिर १९, २०८०
    • २५५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय प्रशासनको मनपरी तन्त्र तत्काल रोक्नुपर्ने माँग राख्दै आज पत्रकार सम्मेलन गरेको छ। जिल्ला सभापति रामचन्द्र यादवको निमावस धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय सीमानाकाबाट हुने संगठित तस्करी, अनियन्त्रीत चुरेदोहन, किसानको समस्या समाधान गर्नुपने माँगसहित आज पत्रकार सममेलन गरेको हो।

    पत्रकार सम्मेलनमा जिल्ला सभापति रामचन्द्र यादवले स्थानय सरकारले लगाएको ग्राभेल खानी ठेक्काहरुमा कोहि ठेकेदारले पचासौं फिट तलसम्म खन्न पाउने र कसैले स्टोकगरी राखेको बालुवा समेत उठाउन नपाउने अवस्थाको अन्तय हुनु पर्ने बताए। उनले स्थानीय सरकार आफै ठेक्का लगाउने र कसैलाई मनपरी गर्न दिने र कसैप्रति पुर्वाग्रही भएको आरोप लगाए।

    उनले भने, ‘यहि स्थानीय तह हो, कुनै ठेकेदारले पचासौं फिट गहिरो खाल्डो खनेर दोहन गरिरहेको छ। कसैले पाँच फिट सम्म खन्न नपाउने अवस्था छ। सकैलाई काख र कसैलाई पाखा गर्ने प्रवृत्तिको अन्त्य हुनु पर्छ। एउटै मापदण्ड बनाएर वैधरुपमा खानी चलाउने अवस्था बनाउनु पर्छ।’

    मनपरेका ठेकेदारलाई मनमौजीगर्न दिने र राज्यको नीयम पालन गर्ने ठेकेदारलाई दुखदिने नेत धनगढीमाई नगरपालिकाको रहेको भन्दै उनले अनावश्यक रुपमा गरिखाने वर्गका श्रमिकलाई दुः दिने गरेको बताए। उनले दुई दिन अघि धनगढीमाई नगरपालिकाका मेयरकै निर्देशनमा स्काभेटर र ट्याक्टरहरु वन कार्यालयलाई नियन्त्रणमा लिन लगाएको समेत बताए।
    उनले सिरहासहित देशैभरमा आफ्नो पार्टीको सरकार भएको अनुभुति गर्न नसकेको भन्दै सभापति यादवले चुरे दोहन तत्काल रोक्नु पर्ने, किसानको उत्पादन गरेको धन, तरकारी र फलफूलको उचित मूल्य निर्धारण गर्नुपर्ने, जिल्लाका प्रशासकिय प्रमुखबाट पार्टीका कार्यकर्तामाथि लगाएको झुठा मुद्दा तत्काल फिर्ता गर्नु पर्ने लगायतका माँग सार्वजनिक गरेका छन्।

    आफ्नो पार्टीले सारेका जायज माग तुरुन्त सम्वोधन नभए तत्काल आन्दोलनको घोषणा गर्ने सभापति यादवले चेतावनी समेत दिए। उनले भने, ‘म जनताको सेवक हुँ, जनता हाम्रो पार्टीमा विभिन्न समास्या लिएर आउँछन्, सामान्य समस्यालाई पनि प्रशासनले पार्टीगत ढङ्गले हेर्ने गरेको छ। यस्ता खालका प्रवृति तत्काल रोक्न प्रशासनसँग आग्रह गर्दछु।’

    पत्रकारहरुसँगको छलफलमा सभापति यादवले स्थानीय सरकारले गरिरहेको कामको आलोचना गर्दै सवै स्थानीय तहलाई पारदर्शी र जवाफदेहि हुन आग्रह गरे। ‘आफ्नै पार्टीले जितेका ठाउँहरुमा पनि भनेको जस्तो काम हुननसकेको संकेत गर्दै पार्टी अध्यक्ष यादवले भने, ‘यहाँ धेरै कुरा भन्न भएको छैन, भनुभने साथीहरु रिसाउनु होला तर, हाम्रै साथीहरुले पनि वस्थानीय तहमा चित्तबुझ्दो भूमिका छैन।’

    यहि अवस्था रहने हो भने सधैं चुप लागे बस्न सक्ने अवस्था नरहने पनि सभापनि यादवले सुनाए।

    उनले पार्टीले जिल्लाका समसामायिक घटनाहरु समेटेर जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको जनाउँदै माँग तत्काल सम्वोधन गर्न पुनः दोहर्याए।

    सोही क्रममा पार्टीका जिल्ला सचिव शैलेद्र कुमार यादवले जिल्लाको भारतीय सीमाक्षेत्रबाट संगठित रुपमा तस्करी हुने गरेको आरोप लगाए। उनले भने, ‘हामी दैनिक रुपमा विभिन्न सञ्चारमाध्ययमबाट तस्करी भएको खवर सुनिरहेका छौं। त्यो भई पनि रहेको छ। तर, साधारण जनताले ल्याउने उपभोग्य बस्तुमा प्रहरीले अनावश्यक दुःख दिई रहेको छ। यो कार्य रोकिनु पर्छ।’

    सोही क्रममा सिरहा सदरमुकाममा रहेको पार्टीको जिल्ला कार्यालय पुनः निर्माणको कार्य सुरु भएको समेत जनाए। सचिव यादवले, ‘पार्टीको पुनाको कार्यालय जिर्न भईसकेको तपाई हामी सवैलाई थाहै छ। त्यो निर्माण कार्य सुरु भईसकेको छ। यहि समितिले कार्यालयको निर्माण सम्पन्न गर्नेगरी काम भईरहेको छ।’

    साउदीमा मृत्यु भएका ...

      ओमप्रकाश ठाकुर     सर्लाही, ...

    सुनसरीबाट सशस्त्रले ...

    सुनसरी, २६ बैशाख। मंगलबार राती सशस्त्र प्रहरीले सुनसरीब ...

    दल दर्ता प्रक्रिया न ...

    काठमाडौं, २६ बैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालका ...

    सन्दीपको आक्रोस : गौ ...

    काठमाडौं, २६ बैशाख। क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल