सिरहाको लहानमा साइल स्टोरमा आगलागी, लाखौको क्षती

    • मंसिर १७, २०८०
    • ३६७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, १७ मंसिर। सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौं रुपैयाँको धनमाल जलेर नष्ट भएको छ। लहान गरपालिका ३ स्थित नेपाल साइकल स्टोरमा आज अपरान्ह आगलागी हुँदा करिव ६० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएका हो।

    आगलागीमा बिक्रीका लागि तयारि अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर ट्युबका साथै पार्टपुर्जालहरु जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले जानकारी दिए।

    आगलागीमा करिव ६० लाख बरावरको धनमाल जलेको अनुमान गरिएपनि एकिन विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ। आगलागीको कारण अझै खुल्न सकेको छैन।

    लहान नगरपालिका र गोलबजार नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयको प्रयासमा आगो करिब २ बजेतिर नियन्त्रण भएको थियो।

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल