सिरहा, १५ मंसिर। डिभिजन वन कार्यालय लहानले अवैधरुपमा गिट्टी बालुवा निकालिरहेको अवस्थामा धनगढीमाई नगरपालिकाबाट एक थान डोजर र छ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। जिल्ला समन्वय समिति सिरहा, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसंगको समन्वयमा धनगढीमाई १२ सर्रे खोलाबाट ट्याक्टर र डोजर नियन्त्रणमा लिएको हो।

विशेष सुचनाको आधार जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोको नेतृत्वमा गएको टोलिले अवैध उत्खनन गरिहेको स्थानबाट सवै सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि सव डिभिजन वन कार्यालय धनगढीमा राखिएको डिभिजन वन कार्यालय लहानका प्रमुख डिभिजनल वन अधिकृत सुजित कुमार झाले जानकारी दिए।

वन एने २०७६ अनुसार नम्वरी बाहेका सवै जमिन वनको अधिकार क्षेत्रमा पर्ने भइको बताउँदै अधिकृत मिश्रले त्यस्ता ठाउँमा उत्खन गर्न स्थानीय तलहले जिल्ला समन्वय समिति र वन कार्यालयको सहमति र समन्वयमा वातावरणीय सर्वेक्षण गरेरमात्र ठेक्का लगाउन पाउने व्यवस्था भएको बताए।

‘यो क्षेत्रको ठेक्का र वातावरण सर्वेक्षणको विषयमा हामीसँग कुनै सहमति तथा समन्वय नभएकाले हामीले गाडीहरु नियन्त्रणमा लिएका हौं; वन अधिकृत मिश्रले भने, ‘स्थानीय पालिकाले ठेक्का लगाएको भए त्यसको प्रकृया र आवश्यकताको आधारमा कार्वाही अगाडी बढ्छ।’

धनगढीमाई नगरपालिकाको उत्तरी क्षेत्रमा स्थानीय जनप्रतिनिधीकै मिलेमत्तोमा अवैध रुपमा अन्धाधुन्द उत्खनन हुने गरेको छ। यसरी उत्खनन हुदा समे स्थानीय प्रहरी र प्रशासनको मौनताले स्थानीय सशंकित बनेका छन्।