भारतबाट पाठाइएको मुर्रा जातको राँगा लहान ल्याउँदै

    • मंसिर ६, २०८०
    • ४२५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एवी चौधरी

    लहान, ६ मंसिर। भारतले दिएको ‘मुर्रा’ जातको राँगा सिरहामा पनि ल्याउने भएको छ। आज बाँकेको नेपालगंज स्थित रुपैडिया जमुनाहा नाकाबाट भित्र्याईने मुर्रा जातको एक थान राँजा सिरहाको लहानस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा पनि ल्याइने भएको हो।

    विभाग माताहतका राष्ट्रिय पशु प्रजनन कार्यालयले राँगा बाट वीर्य उत्पादन गर्नका लागि सिरहाको लहान, पोखरा र नेपालगंजमा राखिने भएको छ। सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने मन्त्रालयले जनाएको छ।

    १५ वटा उन्नत जातको नश्ल सुधारका लागि ल्याउन लागिएको राँगाको स्याहार गर्न एक जना भेटेनेरी डाक्टर पनि संगै रहेका छन्।

    स्वास्थ्य परीक्षण प्रक्रिया पुरा गरेर मात्रै देशका विभिन्न स्थानमा पठाईने मुर्रा राँगालाई एक दिनका लागि नेपालगंज स्थित पशु होल्डिङ्गसेन्टरमा राखिने भएको छ।

    प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला त्यहाँको सरकारसँग भएको सम्झौताअनुसार राँगा उपलब्ध गराइएको हो।

     

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल