डाका आरोपमा पक्राउ परेका युवकमाथि प्रहरीको गोली प्रहार, दुई जना घाइते

    • कार्तिक २९, २०८०
    • १३१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बर्दिवास, २९ कात्तिक। महोत्तरीमा प्रहरीले हानेको गोली लागेर दुई जना डाकाआरोपीत युवक घाइते भएका छन्।

    हतकडीसहित प्रहरीको गाडीबाट हामफालेर भाग्न खोज्दा प्रहरीले हानेको गोली लागेर सर्लाही लालबन्दी नगरपालिका २ का ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान भाइते भएको हो।

    घाइते दुवैको बायाँ खुट्टामा गोली लागेको छ। उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डीएसपी दिलीपकुमार गिरीकाले मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा भाग्न खोजेपछि गोली हान्नु परेको बताए।

    उनका अनुसार सर्लाहीको संग्रामपुर भन्ने स्थानमा आइपुग्दा महोत्तरी प्रहरीको गाडी बिग्रिएको सर्लाही प्रहरीको गाडी मगाइयो। सोही गाडीमा महोत्तरीको सीमा सोनमा गाउँपालिका ५ मा पुनः महोत्तरी प्रहरीको अर्को भ्यानमा राती १० बजे दुबैजनालाई सार्ने क्रममा उनीहरु हतकडीसहित गाडीबाट हामफालेर भाग्न खोजेपछि गोली प्रहार गर्नु परेको प्रहरीले बताए।

    उनीहरुमाथि प्रहरीले तीन राउण्ड गोली प्रहार गरेर भनेपनि १० राउण्ड गोली चलाई पुनः पक्राउ गरिएको डीएसपी गिरीले बताए। दुबैजनाको वायाँ तिघ्रामा गोली लागेको छ।

    उनीहरु यही कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा संलग्न रहेको प्रहरीको भनाइ छ।

    उनीहरुसहित ७/८ जनाको समूहमा आएका डाँकाहरुले महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा हतियार देखाएर लुटपाट गरेका थिए।

    त्यसक्रममा घरपरिवारका सदस्यहरुलाई कुटपिट गरी ४० तोला सुुनका गहना, चाँदीको ४५ तोला गहना, आई फोन एक थान र नगद १ लाख ७५ हजार डकैती भएको प्रहरीको भनाइ छ।
    सोही घटनाको अनुसन्धान गर्दै जाँदा डाँका गर्ने मध्येका शक्ति पासवान र अजय पासवानलाई पक्राउ गरेको डिएसपी गिरीको भनाइ छ। पक्राउ गर्ने बेला शक्तिको साथबाट १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने ४ राउण्ड गोली समेत बरामद भएको डिएसपी गिरीले बताए।

    दुबैजनामाथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम सजाय हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

     

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल