दोस्रो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मिर्चैया क्लब विजयी

    • कार्तिक २५, २०८०
    • ४६७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २५ कात्तिक। सिरहाको गोलबजारमा आयोजित ‘दोस्रो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता २०८०’ को उद्घाटन खेलमा मिर्चैया क्रिकेट क्लब (एमसीसी) विजयी भएका छन्।

    गोलबजार ८ स्थित जनता नमुना माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा एमसीसीले धनगढीमाई नगरपालिकालाई ४ विकेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो।

    टस जितेर धनगढीमाइले ब्याटिङ गरेका थिए। धनगढीमाइले १६ ओभरमा १ सय २५ रनको स्कोर दिएका थिए। धनगढीका खेलाडी आरसीले २१ बलमा ३७ रन हानेका थिए।

    त्यसैगरी, एमसीसी १ सय २५ रनको लक्ष्य पछ्याउँदै १२ ओभरमै विकेट गुमाएर जित हासिल गरेका थिए। एमसीसीका खेलाडी चान्दअलि खानले २३ बलमा ५० रन गरेर म्यान अफ द म्याच घोषित भए। त्यसैगरी, पर्सीको खेल आयोजक टिम चोहर्वा र मारुती सिमेन्ट उद्योगबिच हुने आयोजकले जनाएको छ।

    शनिवार एक समारोह बिच प्रतिनिधीसभा सद्स्य तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठले ब्याटिङ र प्रदेश सभा सद्स्य मनोज कुमार सिंहले बलिङ गरेर खेलको उद्घाटन गरेका थिए।
    उद्घाटन कार्यक्रममा प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले किरकेट खेलले नेपाललाई विश्वसामु परिचित गराउन ठूलो मदत्त गरेको बताए। उनले भने, ‘खेलका कारण युवाहरुमा शारीरिक, मान्सिक बिकासका साथै देशको गरिमा बढाउने काम गरेको छ।’

    उनले नेपाल सरकारले क्रिकेट मैदान निर्माणगर्ने घोषणा गरेको बताए। प्रतिनिधीसभा सदस्य श्रेष्ठले खेलको विकासको लागि संघ, प्रदेश र स्थानीय सरकारले योजना सहित लगानी गर्नुपर्नेमा जोड दिए। दिनले भने, ‘खेल र खेलाडीको विकासको लागि तीनै तहको सरकारले योजनाबद्ध लगानी गर्न पर्छ। म प्रदेश र स्थानीय सरकारलाई खेलकुदमा लागनी बढाउन अनुरोध गर्छु।’

    प्रतियोगिताको प्रथम विजेताले नगद ६१ हजार रुपैयाँ र दोस्रो विजेतालाइ नगद ४१ हजारनगदसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेलका सन्योजक सरोज रायले जानकारी दिए। विधागत रुपमा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद, कपबाट पुरस्कृत गरिने उनले बताए।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल