सिरहाको लहानबाट ठूलो परिमाणमा सिम, रिचार्जकाट र पेस्तोलसहित तीन युवक पक्राउ

    • कार्तिक २१, २०८०
    • २५८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २१ कात्तिक। सिरहा प्रहरीले ९ एमएमको एकथान ब्राण्डिङ्ग अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेका छन्।

    सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोको सूचनाको आधार नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती टोलिले पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान गरपालिका १ सिङहिबाट सप्तरीको सुरुङ्गा नगरपालिका ८ का ३१ वर्षिय अनिल राम, सोही नगरपालिका ५ का ३० वर्षिय जीवान्द चौधरी र खड्ग नगरपालिका ४ का ३५ वर्षिय सञ्जयप्रसाद चौधरीलाई गएराती पक्राउ गरेको हो।

    प्रहरीले उनीहरुको साथबाट दुई राउण्ड गोली लोडगरिएको पेस्तोलसहित एक लाख ८४ हजार दुई सय ५३ नगद, चार थान मोवाईल, नेपाल टेलिकमको २२ थान सिमकार्ड, एनसेलको सिमकार्ड २४ थान, नेपाल टेलिकमको ५० रुपैयाँ दरको रिचार्जकार्ड २६ हजारको र एक सय रुपैयाँ दरको ९६ हजार रुपैयाँको रिचार्ज बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राजेन्द्र राज पाण्डेले जानकारी दिए।

    त्यसैगरी, प्रहरीले उनीहरु सवार स. ९ प ४९७ नम्वरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

    प्रहरीले उनीहरुले कुन प्रयाजनको लागि हतियार बोकेर हिडेको भन्ने अझै खुलि नसकेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल