सिरहा, १५ असोज। सिरहा ईंटा उद्योग व्यवसायी संघले कर्जाको किस्ता र ब्याज बुझाउने अवधि वृद्धिको माँगसहित जिल्ला प्रशासन कार्यालयमार्फत अर्थ मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। बैंकको व्याजदर एक अङ्कमा राखि कर्जाको साँवा र व्याज बुझाउने अवधि २०८२ असार सम्म कायम गर्ने माँगसहित व्यवसायीहरुले आज बुधबार प्रमुख जिल्ला जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापपत्र बुझाएको हो।

‘कोरोना संक्रमण र वर्तमान आर्थिक मन्दिका कारण जिल्लामा रहेकामध्ये ७० प्रतिशतमात्र उद्योगहरु सञ्चालन भएको र सञ्चालित उद्योगहरुले ५० प्रतिशतमात्र उत्पादनगरेपनि उत्पादिन ईंदापनि विक्रिनभकाएले उद्योगीहरु मारमा परेको छ; संघका जिल्ला अध्यक्ष कृष्णा सिंहले हस्ताक्षर गरेको ज्ञापनपत्रमा ‘उद्योग सञ्चालनको संख्यामा ह्रास आउनु, कोइलाको मूल्य वृद्धि र अग्रिम भुक्तानी गर्नु, गुस्तरहिन कोइला आउनु, आर्थिक मन्दिका कारण उत्पादित ईंथा विक्रिमा कमि आउनु जस्ता कारणले उद्योगीहरुलाई पर्न गएको वित्तीय संकटलाई सम्वोधन लागि पहल गर्नहुन मन्त्रि समक्ष हार्दिक अनुरोध गर्दछौं’ उल्लेख भएको छ।
व्यवासायीहरुले बैंक तथा वित्तिय संस्थाहरुले आर्थिक संकटबाट गुर्जिरहेका व्यवसायीहरुले धितोमा राखेका जेथाजमिन लिलाम विक्रिको प्रकृयालाई अगाढी बढाउँदै उद्योगीहरुको उठीवास गराउने काम भई रहेको छ। यस संकटपूर्ण अवस्थाको गम्भिरतालाई मननगरी तत्कलको लागि एक अङ्कको व्याजदर र सावा व्याज बुझाउने मिति २०८२ असार मसान्तसम्म कामगर्न अर्थमन्त्रालय समक्ष अनुरोध सहितको ज्ञापनत्र बुझाएको छ।
उनीहरुले राज्यले पूजिगत खर्चगर्न नसकेको कारणपनि उद्योगी व्यसायीहरु मर्कामा परेकाले यसलाई वृद्धिगर्न अनुरोध गरेको छ।
ईंटा उद्योग व्यवसायी संघका मधेश प्रदेश अध्यक्ष विक्रम साह, जिल्ला अध्यक्ष केष्णा सिंह, चन्द्रर प्रसाद यादव, सन्तोष साह, रामसगुन यादवलगायतका व्यसायीहरु जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका थिए।
यस अघि गत असोज १३ गते संघीय अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ईंटा उद्योग व्यवसायी संघ मधेश प्रदेशले विभिन्न १० बुदे माँग सहित ज्ञापन पत्र बुझाएका थिए।