नेशनल लघुवित्तको स्वास्थ्य शिविरमा चार सयभन्दा बढिको जाँच

    • कार्तिक ५, २०८०
    • २६६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सप्तरी, ५ कात्तिक। सिरहाको बरियारपट्टि गाउँपालिका ५ कदमाहा गाउँमा निः शुल्क स्वास्थ्य शिविर सप्पन्न भएको छ। नेशनल वित्तिय लघुबित्त संस्था लिमिटेडको आयोजनामा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको संस्थाको प्रमुख कार्यकारी निर्देशक (सिईओ) राम बहादुर यादवले जानकारी दिए।

    ग्रामीण क्षेत्रमा स्वास्थ सेवाको पहुँचबाट बन्चित रहेका आम जनसमुदायलाई लक्षित गरि आयोजना गरिएको स्वास्थ्य शिविरबाट ४ सयभन्दा बढीले लाभ लिएको सिईओ यादवले बताए।

    स्वास्थ्य शिविरमा डा. सतिस कुमार यादव, डा. प्रविन कुमार यादव, डा. राकेश कुमार यादव, डा। लक्ष्मी यादव, डा. मनोज अधिकारी लगायत दर्जन भन्दा बढि विशेषज्ञ चिकित्सकहरुद्वारा सेवा प्रदान गरिएको हो। शिविरमा स्त्री तथा प्रसुती रोग, बाल रोग, जेनरल फिजिसियन, आँखा रोग, मुटु रोग, दम रोग लगायतका रोगहरुको ४ सय भन्दाबढि बिरामीहरुको चेकजाँच गरि निःशुल्क औषधि दिईएको डा. सतिस कुमार यादवले जानकारी दिए।

    संस्थाको सिईओ रामबहादुर यादवको अध्यक्षतामा तथा पुर्व सांसद अमिर यादवको प्रमुख आतिथ्यतामा कर्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बिशिष्ट अतिथि गाउँपालिका प्रमुख सन्तोष महतो, उपप्रमुख प्रमुख ममता यादव लगायत संस्थाको प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

    नेशनल लघुबित्तद्वारा दशैं शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

    नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडले सिरहाको बरियारपट्टि गाउँपालिका ५ कदमाहामा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाको सिईओ रामबहादुर यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली काङ्ग्रेस सिरहा सभापति रामचन्द्र यादव रहेको थियो।

    कार्यक्रम विशिष्ट अतिथिको रुपमा पुर्वमन्त्री संजय कुमार यादव, प्रदेश सांसद जिबछि यादव, पुर्व सांसद अमिर कुमार यादव, वडा अध्यक्ष बिनोद यादव, नेपाली काङ्ग्रेसको नेता उपेन्द्र यादव, नेकपा माओवादी केन्द्रको नेता अजय कुमार यादव, संस्थाको कदमाहा शाखाको प्रबन्धक प्रमोद यादव, जिरोमाईल शाखाको दिपेश कुमार गोईत, बरियारपट्टि शाखाको सरोज कुमार यादव लगायतको उपस्थित रहेको कार्यक्रम व्यवस्थाक आशाराम यादवले बताए।

    कार्यक्रममा एसएस ग्रुप लहानद्वारा सांस्कृतिक कार्यक्रम गरिएको थियो। कार्यक्रममा स्वागत मन्त्व्य रामलोचन यादव, कार्यक्रम संचालन अशोक यादवले गरेको थियो।

    394888343_879787333665393_6669322596145239035_n 394860040_291171647152231_2495650600164045897_n 395202704_1034525584249259_8627009276093240770_n

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल