सामान्य बन्दै उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य

    • कार्तिक ४, २०८०
    • २०९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ४ कात्तिक। पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङुमा उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ हिजोदेखि नै आइसियुबाट जनरल वार्डको क्याबिनमा सर्नुभएको छ। चिकित्सकको सल्लाहअनुसार उनले आज सामान्य हिड्डुल समेत गर्नुभएको छ।

    सार्वजनिक सुरक्षा तथा आपतकालीन मन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङ र चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय बिभागका एक नेता अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरेका छन्।

    वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ अवस्थाको जानकारी लिएको थियो। त्यसक्रममा उनले पेकिंङ अस्पतालमा सबै प्रकारको अत्याधुनिक उपचार हुने र उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा कुनै कमि नगर्न अस्पताललाई निर्देशन दिइएको समेत जानकारी दिए। बेइजिङ बाहिर रहेएका वाङ बेइजिङ एयरपोर्टबाट सिधै अस्पताल गरेको थियो।

    चिनियाँ परराष्ट्रमन्त्रीले पनि फुलको गुच्चा पठाउदै प्रतिनिधिमार्फत श्रेष्ठको सुस्वास्थको कामना गरेको छ।

    ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार हृदयघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो।

    श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा’मा अवरोध देखिएको अस्पतालले जनाएको थियो। उनको मुटुको बायाँ धमनीमा महत्तवपूर्ण ‘ुस्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट राखिएको समेत अस्पतालले जनाएको थियो।

    one

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल