बिआरएफमा सहभागीहुन वेजिङ्गहिडेका उपप्रधानमन्त्री श्रेष्ठ आज छेन्दुमा

    • आश्विन २९, २०८०
    • १८५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    नबिन पौडेल

    छेन्दु २९ असोज। जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दु आइपुगेको छ।

    छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सिचुवान प्रान्तीय पर्यावरण तथा वातावरण विभागका महानिर्देशक वाइयू वियान र यहाँस्थित नेपाली महावाणिज्य दूतावासका निमितत्त महावाणिज्यदूत मनहरि दङ्गालले स्वागत गरे।

    उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपतकालीनमन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएको हो।

    उनी छेन्दुस्थित थियान्फू अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरमा बेइजिङ प्रस्थान गर्ने छ। भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ चीनको बेइजिङमा आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिआरएफ)’ मा सहभागी हुनेछन्।

    उनले यही असोज ३० र आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्यवक्ताका रुपमा सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल