सर्लाहीबाट लागूऔषधसहित दुई युवक पक्राउ

    • आश्विन २०, २०८०
    • २२८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही, २० असोज। सर्लाही प्रहरीले लागूऔषधसहित शनिबार साँझ दुई जना युवक पक्राउ परेका छन्।

    भारतीय बजार सोनवर्षाबाट लालबन्दीतर्फ आउँदै गरेको ना.४६ प २५६९ नम्बरको मोटरसाइकलमा लुकाइछिपाई लागूऔषध लिएर आउँदै गर्दा ईश्वरपुरबाट लालबन्दी नगरपालिका १ का १९ वर्षीय भरत सहनी र सोही ठाउँका २१ वर्षका जितेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेका हुन्।

    उनीहरूको साथबाट ४९ बोतल कोरेक्स र ६ सय नाइट्राजेपाम नामक ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ। सीमावर्ती बजारबाट राजमार्गतिर आउँदै गरेका सहनी र महतोलाई ईश्वरपुर नगरपालिका–७ पोखरी टोलमा प्रहरीले शंका लागी चेक गर्दा लागूऔषध बरामद भएको हो।

    उनीहरूले मोटरसाइकलको बीच भागमा चामलको बोरामा लुकाएर ल्याउँदै गर्दा लागूऔषध फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

    लागूऔषधसहित पक्राउ परेका दुई जनासहित मोटरसाइकल पनि आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय केशरगन्जमा राखिएको छ।

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल