हत्यामा संलग्न रहेको अभियोगमा दुईजना जेठाजुसहित तीन पक्राउ

    • आश्विन १६, २०८०
    • ३३९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १६ असोज। पर्सा प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेका छन्। जगरनाथपुर गाउँपालिका ५ मसिहानीकी ५६ वर्षीया कान्ती देवी वीनको हत्या घटनामा संलग्न रहेको अभियोगमा उना जेठाजुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेका हुन्।

    पक्राउ पर्नेहरूमा पर्सा जगरनाथपुर गाउँपालिका ५ मसिहानीका ३६ वर्षीय भुट्टा भन्ने लालबाबु राउत वीन, मृतकका जेठाजुहरू सोही ठाउँ बस्ने ५९ वर्षीय चन्द्रिका राउत वीन र ५७ वर्षीय अमिका भन्ने अमीरीका राउत वीन रहेको पर्सा प्रहरीले जनाएको छ।

    गत असोज २ गते दिउँसो आफ्नै घरभित्र घाँटी रेटी हत्या भएको अवस्थामा कान्ती देवीको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले लालबाबु राउतलाई असोज ७ गते पक्राउ गरेको थियो। थप सोधपुछ एवम् अनुसन्धानको क्रममा चन्द्रिका राउत र अमीरीका राउत समेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

    कान्ती देवीको घरमा चोरी गर्ने योजनाका साथ असोज १ गते राति सैनकाटी (सुरूङ बनार्इ) घरभित्र प्रवेश गरेर चोरी गर्नको लागि बक्साहरू खोतिल्दै गरेको अवस्थामा कान्ती देवी बिउँझीएपछि उनीहरूलाई चिने पश्चात पोल खुल्ने डरले खुर्पीले घाँटी रेटी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको पर्सा प्रहरीको भनाई छ।

    उनीहरू उपर जिल्ला अदालतबाट म्याद थप अनुमतिलिई घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल