सिरिहा, १५ असोज। सिराहाको चोहर्वामा सामुदायिक सर्पदंश उपचार केन्द्रको सुविधासम्पन्न नयाँ भवनको उद्घाटन गरिएको छ।

नेपाली सेनाको बहादुर श्री शेरगण परिसरमा निर्माण गरिएको सामुदायिक सर्पदंश उपचार केन्द्रको नयाँ भवन एक समारोहविच मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारीले उद्घाटन गरेका हुन्।

केन्द्रको उद्घाटन समारोहमा उपरथी अधिकारीले तराई क्षेत्रमा सर्पदंशको जोखिम उच्च रहेकाले नेपाली सेनाले स्थानीय पालिकासँगको सहकार्यमा सर्पदंशको उपचार गर्दै आएको बताए। उनले भने, ‘सर्पदंशको उच्च जोखिम सिरहामा पनि सेनाले २०५८ सालदेखि सानो तीन कोठे भवनमा जयकाली सर्पदंश उपचार केन्द्र स्थापना गरी सेवा दिंदैं आएको थियो। नयाँ भवनले थप स्तरीय सेवा प्रदान गर्ने विश्वास लिएको छु।’

उनले उपचारमा आवश्यक पर्ने उपकरण व्यवस्थापनमा स्थानीइ सरकारले जोड दिनुपर्ने र नेपाली सेनाबाट आवश्यक सहयोग जारी रहने बताए।

उपरथी अपधकारीले उपचारसँगै नेपाली सेनाले सर्पदंशबाट पच्ने उपायहरुका बारेजमा जनचेतना फनि फैलाउने काम गर्दै आएको बताउँदै मातहतकालाई जनचेतना कार्यक्रमलाई गाउँ गाउँमा लान निर्देशन समेत दिए।

करिब एक करोड लागतमा १० बेडको सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको सामुदायिक सर्पदंश उपचार केन्द्रका सचिव रामपुकार कामतीले बताए। उनले स्थानीय पालिका र व्यक्तिहरुको सहयोगमा भवन निर्माण भएको जानकारी दिए।

सो गरिएको सर्पदंश उपचार केन्द्रमा उपचारमा आवश्यक पर्ने नयाँ उपकरणहरूसमेत जडान गरिएको सचिव कामतीले बताए।

उद्घाटन कार्यक्रममा गोलजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठ, नरहा गाउँ पालिकाका अध्यक्ष रामप्रमोद यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए। उनीहरुले उपचार केन्द्रमा आवश्यक पर्ने सहयोग गर्न आफूअझै सधैं तयार रहने प्रतिवद्धता जनाएका थिए।

सर्पदंश उपचार केन्द्र नेपाली सेनाको १० कट्ठा जग्गामा तत्कालीन सिराहा क्षेत्र नम्बर ५ बाट निर्वाचित संसद प्रधानमन्त्री पुष्पकमल दाहालको संसदीय कोषबाट प्राप्त १० लाख, प्रदेश सरकार, जिल्लाका विभिन्न स्थानीय तह र स्थानीय व्यवसायी÷व्यक्तिको सहयोगमा निर्माण सम्पन्न भएको केन्द्रका अध्यक्ष विजयकुमार साहले बताए। सामुदायिक सर्पदंश उपचार केन्द्र निर्माणमा सहयोग गर्नेलाई गम्छा ओडार सम्मान पत्र प्रदान गरिएको छ।

नेपाली सेनाले सञ्चालन गर्दै आएको जयकाली सर्पदंश उपचार केन्द्रलाई स्तरोन्नति गर्दै नयाँ पक्की भवनमा सामुदायिक सर्पदंश उपचार केन्द्र स्थापना गरिएको हो।

choharwa 015 Hoarding_Editable