स्वस्तिक रोलिङलाई भारतको टाटा स्टिल कम्पनीबाट ‘बेस्ट भ्यालुड कस्टमर’ अवार्ड

    • आश्विन ६, २०८०
    • ३८० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    विराटनगर, ६ असोज। ‘बजरंग’ ब्रान्डमा टीएमटी छडको उत्पादन गरिरहेको सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एण्ड स्टिल कम्पनीबाट ‘बेस्ट भ्यालुड कस्टमर’ अवार्ड पाएको छ।

    कोलकाताको ओबराय ग्रान्ड होटलमा आयोजित एक कार्यक्रमविच टाटा आइरन एण्ड स्टिलका प्रबन्धनिर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई बेस्ट भ्यालुड कस्टमर अवार्डले सम्मानित गरेका हुन्।

    सुनसरीको दुहबी नगरपालिकामा स्थापित स्वस्तिक रोलिङले १० महिनाअघि व्यावसायिक उत्पादन सुरु गरेको थियो। उद्योगले ‘बजरंग’ ब्राण्डमा टीएमटी छडका साथ एङ्गल, च्यानल र आई बिमको पनि उत्पादन गरिरहेको छ।

    एङ्गल, च्यानल र आई बिमको प्रयोग साना–ठुला सबै खाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, इन्टरनेट र रेडियोको टावर बनाउन, साना–ठुला सेड बनाउन लगायत विविध प्रयोजनमा गरिन्छ।

    यसरी स्वस्तिक रोलिङ मिल्स व्यावसायिक उत्पादनको एक वर्ष पनि नपुग्दै टाटा आइरन एण्ड स्टिलबाट अवार्ड लिन सफल भएको छ।

    टाटा स्टिल भारतको सबैभन्दा ठुलो र ब्राण्डेड फलाम उद्योग हो। यसले फलामका गुणस्तरीय मालवस्तु र कच्चा पदार्थको उत्पादन गर्दै आएको छ। यसका सबै उत्पादन भारतमा अन्य उद्योगका उत्पादनका तुलनामा गुणस्तरीय मानिन्छन्। स्वस्तिक रोलिङले बिलेट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरन टाटा स्टिलबाटै आयात गरिरहेको छ। टाटा स्टिलको स्पन्ज आइरन संसारमै स्तरीय मानिन्छ।

    टाटा स्टिलका आफ्नै फलाम खानि र प्रशोधनका कारखानाहरू भारतका विभिन्न स्थानहरूमा १ सयभन्दा बढीको संख्यामा छन्।

    स्वस्तिक रोलिङले टाटा स्टिलबाट आयात गरेको कच्चा पदार्थ स्पन्ज आइरनबाट बिलेट उत्पादन गर्दछ।

    उद्योगका निर्देशक राठीले उद्योगबाट उत्पादन सुरु भएको एक वर्ष नपुग्दै टाटा स्टिलबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाउनु खुशी र गौरवको विषय भएको प्रतिक्रिया व्यक्त गरे।

    निर्देशक राठीले केही समययता उद्योगले टीएमटी छडको उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखेको र ७ देखि ४० एमएम सम्मका छडको उत्पादन गरिरहेको जानकारी दिए।

    उनले उद्योगका ‘बजरंग’ ब्राण्डका छडहरूको ग्रिपिङ उच्च स्तरको भएकाले यसले मसला बलियो गरी समात्न सक्ने स्पष्ट पारे।

    राठीको भनाइ थियो, ‘हामी गुणस्तरप्रति सधैँ सचेत छौँ। छोटो समयमा हामीले अवार्ड पाउनुको कारण पनि यही हो।

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल