सिरहा, ७ भदौ। सशस्त्र प्रहरीले नेपाल भारत सीमाक्षेत्र बडियारपट्टी गाउँपालिका ३ बाट व्यवसायीलाई प्रहरी हुँ भन्दै धम्याईरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल बडियारपट्टीले लक्ष्मीपुरपतारी गाउँ पालिका १ का मुकुन्द कुमार साहलाई नक्कली पेस्तोल सहित आज अपरान्ह पक्राउ गरेको हो।

भारतबाट नेपाल तर्फ आईरहेका लक्ष्मीपुरपतारी २ का मुकेश यादव र सखुवानन्कारकट्टी गापा १ का सदन नारायण दासलाई नक्कली पेस्तोल देखाउँदै ‘नेपाल प्रहरीको सई हु’ भन्दै धम्क्याई रहेकोे अवस्थामा नियन्त्रणमा लिएको शसत्र प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई आवश्यक कार्वाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको पठाइएको छ।