सिरहा, १९ साउन। सिरहा प्रहरीले एक सय १५ क्यूविक फिट सालको गोलिया बरामद गरी डिभिजन वन कार्यालय लहानको जिम्मा लगाएको छ।
धनगढीमाई नगरपालिका ७ स्थित महेन्द्र महतोको जग्गामा रहेको ९ फिट लम्बाई र ६ फिट गोलाई भएको गोलिया ३ थान र ९ फिट लम्बाई, ३ फिट गोलो भएको गोलिया ५ थानगरी जम्मा ८ सालको गोलिया वन कार्यलयलाई बुझाएको हो।

नेपाल प्रहरी, सशस्त्र बेश क्याम्प गोलबजारका हेमन्त सिंहठकुरीको संयुक्त टोलीले स्थानीय जनप्रतिनिधीको रोहवरमा वन कर्मचारीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
बरामद काठ स्थानीय मूल्य अनुसार करिव पाँच लाखको रहेको बताइएको छ। 
डिभिजनल वन अधिकृत शैलेन्द्र कुमार मिश्रले बरामद गरिएको काठ एक सय १५ क्यूविक फिट गरेको जनाएको छ। कठ कसले किन काटेको भन्ने विषयमा आबश्यक अनुसंधान भइ रहेको जनाएको छ।
नीजि जमिनमा लगाएको सालको रुख समेत सरकारले काट्न प्रतिवन्ध लगाएको छ।



                    
                            
                                                            


        
        
        















