सिरहा, ४ साउन। सिरहामा करेन्ट लागेर एक युवको मृत्यु भएको छ। करेन्ट लागेर सिरहा नगरपालिका २१ मलियाटोलका ४० वर्षीय तपेश्वर यादवको मृत्यु भएको हो।
मलियाटोलमा सिँचाइ गर्न अवैध रूपमा हुकीङ्ग गरी लगाएर मोटर जडान गरी विद्युत् चुहावट भएको ठाउँबाट प्राधिकरणको टोलीले मोटर नियन्त्रणमा लिएर गएपनि त्यसमा प्रयो भएको तार त्यसै छाडेकाले त्यसैमा करेन्ट लागेर यादवको मृत्यु भएको उनका आफन्तले जानकारी दिएको छ ।
सोही तारबाट करेन्ट लागेर यादवको मृत्यु भएको भन्दै परिवार र आफन्तले वितरण केन्द्रको कार्यालयअगाडि टायर बालेर प्रर्दशन गरेका छन्।
उक्त चुहावट नियन्त्रण कार्यमा खटिएका कर्मचारीलाई कारबाही र उचित क्षतिपूर्ति नदिएसम्म आन्दोलन जारी राख्ने मृतकका आफन्त बताए।
यता सिराहा वितरण केन्द्रका इन्जिनियर उदयकुमार कर्णले चुहावट भएको सूचनाको आधारमा कर्मचारी खटिएको बताएका छन्। घटनाबारे विस्तृत विवरण आएपछि मात्रै प्रतिक्रिया दिन सक्ने उनले बताए।
मृतको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।