सिरहा, १३ जेठ। सिरहामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि तीन जना घाइते भएका छ्न्। पूर्व –पश्चिम राजमार्ग अन्तर्गत नरहा गाउँपालिका ३ चोहर्वामा प्रदेश–२–०१००३ प ६३२१ नम्बरको स्कुटर र स ७ प २६१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा स्कुटरमा सवार स्थानीय रञ्जित साहको घटनास्थलमै मृत्यु भएको हो।

पश्चिमबाट पूर्वतर्फ आईरहेको स्कुटर र पूर्वबाट पश्चिम गएको तीन जना सवार मोटरसाइकल आपसमा ठोकिएको इलाका प्रहरी कार्यलय गोलबजारका प्रमुख इन्सपेक्टर डुपेन्द्र प्रसाद बुदाथोकीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए।

दुर्घटनामा मिर्चैया नगरपालिका ३ का उमेश महरा, बेचन महरा र सन्जय ठाकुर घाइते भएका छन्। घाइतेमध्ये उमेश महराको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारको लागि विराटनगर लगिएको छ। अन्य दुईजनाको स्थानिय स्वास्थ्यसंस्थामा उपचार भईरहेको छ।