छलफलमा बोलायर ‘भोजको उजुरीहाल्ने यहि हो’ भन्दै पासवानमाथि कुटपीट

    • जेठ १०, २०८०
    • २,७१५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १० जेठ। भोजको विषयमा मुद्दाहाल्ने यहि हो भन्दै सिरहाको भगवानपुर गाउँ पालिका १ का विणुदेव पासवानमाथि कुटपीट भएको छ। गाउँमा बनाएको मन्दिरको भुक्तानीको विषयमा छलफल गर्ने वाहानामा बोलाएर पासवानलाई नेकपा एमालेका गाउँ कमिटीका पदाधिकारी सूर्यनारायण प्रसाद यादव, नन्दि यादव, घुरण यादव, देवन यादव, जीवछ यादवसहितले पासमानलाई कुटपीट गरेको हो।
    गाउँमा वनेको मन्दिरको भुक्तानीको विषयमा छलफल गर्नु छ, हामी दुई/तीन जना बसेर छलफल गरौं भन्दै जीवछ साफिमार्फत योजनाबद्ध तरिकाले बोलाउन लगाएर आफूमाथि सार्वजनिक स्थलमा गाली गलौज गर्दै कुटपीट गरेको पासवानले बताए। उनले भने, ‘मलाई जीवछ साफीमार्फत योजनाबद्ध तरिकाले भगवानपुर १ मुख्य चोकको प्राथमिक स्वास्थ्य केन्द्रमा बोलाएर अनावश्यक रुपले निहुखोज्दै गाली गलौजगर्दै यहि हो, भोजको विषयमा मुद्दा हाल्ने। यलाई बाधेर थुन भन्दै कुटपीट गरे।’
    ‘पहिला दुई/तीन जना बसेर छलफल गरौं भनेपनि पछि उनीहरु सवै एक्कासी जम्मा भएर म माथि साङ्घातिक हमला गरे, उनीहरुको व्यवहारले म त अलमलमै परे; पासवानले भने।

    पसवानको अध्यक्षतामा रहेको उपभोक्ता समितिले गत आर्थिक वर्षमा गाउँकै मन्दिर निर्माण गरेका थिए। चुनाव नजिकिएकाले त्यसवेला भुक्तानी हुन नसकेका उनले गाउँ पालिकाबाट अझै भुक्तानी नपाएको बताए। त्यसको विषयमा छलफलमा बोलाएकाले आफू गएको पासवानले बताए।

    भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवकी आमाको गत फागुन २२ गते भएको शुद्धि भोजमा जातिय आधारमा दलित, मुस्लिम र गैर दलित समुदायलाई छुट्टाछुट्टै ठाउँमा व्यानर, प्लेकार्ड नै राखेर जातिय विभेद हुनेगरी भोज ख्वाएको भन्दै पासवान सहितका दलित अगुवाहरुले चैते ५ गते हालेको उजुरी १४ गते जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता भएको थियो।
    उजुरी हाल्ने क्रममा पनि गाउँपालिका अध्यक्ष यादव पक्षबाट पीडितहरुलाई धाक धम्कीदिने गरेका थिए।

    त्यहि मुद्दाको आज साक्षि वयानको लागि जिल्ला प्रहरी कार्यालय जानलाई ठिक्क परेका बेला नियोजित ढङ्गले बोलाएर आफूमाथि घटना घटाएको पासवानको भनाई छ।

    सोही मुद्दा दर्ता गराएको भन्दै पासवानमाथि अध्यक्ष यादवका निकट व्यक्तिहरुले पासवानलाई कुटपीट गरेको छ। कुटीपीटबाट उनको अनुहार लगाएत शरीरको विभिन्न भागमा चोटपटक लागेको छ। चोटका कारण उनको ढाडमा समस्या आएको प्रादेशिक अस्पताल लहानले जनाएको छ।

    विहान छलफलमा वसेकाबेला विवाद भएको भन्ने जानकारी आएपनि त्यसको विस्तृत जानकारी नभएको अस्थाई प्रहरी पोष्ट भगवानपुरका प्रमुख असई दिपेन्द्र यादवले बताए। उनले भने, ‘विहानी छलफलको क्रममा विवाद भएको भन्ने जानकारी पाएर टोलिपुग्दा साम्य भईसकेको थियो। त्यसपछि हामीले विशेष जानकारी लिएनौां’

     

    फिल्म ‘पूजार सार्की’ ...

    काठमाडौं, ८ बैशाख। दिनेश राउतको निर्देशनमा बने ...

    सहर फोरह गरेको भन्दै ...

    काठमाडौ, ७ बैशाख। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्र ...

    धनगढीमाईका निजी स्रो ...

    सिरहा, ७ बैशाख। धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत ...

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल