सिरहा, १२ बैशाख। दलित महिला केन्द्र, नेपाल (सीडीडव्ल्यूएन) का कोषाध्यक्ष शान्ति सदायले ‘मानव अधिकार, लैङ्गिक हिंसा, द्वन्द्व विश्लेषण र रुपमान्तरण’ सम्वन्धि तालिमले समाजको विभेद न्यूनिकरणमा योगदान पुर्याउने विश्वास व्यक्त गरेकीन छिन्। संस्थाको ‘नेपालमा सामाजिक सद्भावमा जनसहभागिता’ परियोजना अन्तर्गत आयोजित तालिमको समापन कार्यक्रमलाई सम्वोधन गर्दै कोषाध्यक्ष सदायले तालिममा सहभागीहरुले आ–आफ्नो ठाउँमा गएर एउटै विषयमा पैरवि गरेपनि केहीहदसम्म विभेद न्यूनिकरण हुने बताएकी हुन्।
सदाले तालिमले सहभागी महिलाहरुमा मानव अधिकार, लैङ्गिक हिंसा, द्वन्द्व विश्लेषण र रुपमान्तरणको विषयमा राम्रो ज्ञान हासिल गरेको हुनुपर्ने बताइन्। उनले भनीन्, ‘अनुभवि प्रशिक्षक र कर्तव्यनिष्ट कर्मचारीहरुको मेहनत देख्दा सहभागी महिलाहरुमा राम्रो बुझाई भएको हुनुपर्छ। गाउँमा गएर अन्याय, अत्याचार र विभेदको विरुद्धमा बोल्नुभयो भने तालिम सार्थक सावित हुन्छ।’
दलित महिला केन्द्रको ‘नेपालमा सामाजिक सद्भावमा जनसहभागिता’ परियोजनाका संयोजक शरुमा विश्वकर्माले तालिमबाट महिलाहरुमा एक खालको बुझाई हासिल गरेको हुनुपर्ने बताइन्। उनले तालिममा सहभागीहरुको सक्रियता र व्यहारले सहभागीको बुझाईमा फरक आएको हुनुपर्ने विश्वास व्यक्त गरीन। उनले तालिमा हासिल गरेको ज्ञान शिप व्यवहारमा लागुगरेमात्र यसको सार्थकता रहने बताइन।
तालिमका सहभागी रितिका विश्वकर्मा र आशा लामाले तालिम पछि मानव अधिकार, लैङ्गिक हिंसा, विभेद र संवैधानिक व्यवस्थाका विषयमा जानकारी प्राप्त भएको बताइन। उनीहरुले तालिमले धेरै कुरा शिकायएको बताउँदै अव विभेदको विषयमा आवाज उठाउने प्रतिबद्धता जनाए।
बैशाख ८ देखि १२ गतेसम्म सञ्चालित तालिमको सहजीकरण अधिकारकर्मी तथा पत्रकार अजुन थपलिया, सरुमा विश्वकर्मा लगायतले गरेका थिए।