जनकपुरबाट करिव आठ लाख नक्कली नोटसहित युवति पक्राउ

    • बैशाख १२, २०८०
    • ३५९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुर, १२ बैशाख। धनुषा प्रहरीले करिव आठ लाख नक्कलि नोट सहित एक युवतिलाई पक्राउ गरेको छ। प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका २३ स्थित बसपार्कबाट आज अपरान्ह सात लाख ७१ हजार पाँच सय नक्कलि रुपैयाँसहित धनुषाकै विदेह नगरपालिका ६ की २६ वर्षिय अनु कुमारी साहलाई नियन्त्रणमा लिएको हो।

    प्रहरीले संकालागि कालो झोला चेक जाँच गर्नेक्रममा एक हजार दरको ४ सय ९२ थान र पाँच सय दरको ५ सय ५९ थान नक्कली नेपाली नोटसहित साहलाई नियन्त्रणमा लिएको जनाएको छ।

    बिदेह नगरपालिका ६ बस्ने २५ वर्षीया अनु कुमारी साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट सक्कली नगद १० हजार पाँच सय नेपाली रूपैयाँ र १६० भारतीय रूपैयाँ समेत बरामद गरेको छ।

    नियन्त्रणमा लिएका साहसँग बुझ्दा भारतबाट उक्त नक्कली नोट एक लाख सक्कली बराबर दुई लाख नक्कली नोट साटी ल्याएको भन्ने प्रारम्भिक जानकारी गराएको प्रहरीको भनाई रहेको छ। उक्त नक्कली नोट कारोवारमा थप संलग्नता रहेको आशंकामा जनकपुरधाम २ बस्ने २५ वर्षिय लंकेश कुमार साहलाई समेत पक्राउ गरेको छ। प्क्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाए।

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल