सिरहा, ७ बैशाख। सर्पको टोकाइबाट सिरहामा एक बालकको मृत्यु भएको छ। आफ्नै घरमा खेल्दै गरेको अवस्थामा बिसालु सर्पको टोकाईबाट गोलबजार नगरपालिका ८ भाइजी टोलका श्याम साहका ४ वर्षीय छोरा अविनासको मृत्यु भएको हो।
सर्पको टोकाईबाट सिकिस्त बालकलाई उपचारकालागि सिरहाको चोहवास्थित नेपालि सेनाको श्री बहादुर शेर गणमा रहेको जयकाली सर्पदंश उपचार केन्दमा उपचारकालागि पुर्याएपनि त्यहाँ समभव नभएपछि थप उपचारकोलागि फुलकुमारी हस्पिटल कर्जन्हा लगिएको थियो। बालकको उपचारको क्रममामृत्यु भएको स्थानीय पत्रकार रामभरोसी यादवले जानकारी दिए।
खेलिरहेको बेला सर्पले हातमा टोकेको भएपनि समयमा अभिभावकलाई जानकारी नगराउँदा उनको उपचार सम्भव नभएको स्थानीयको भनाई छ।