उदयपुर, २६ चैत। ट्रकको ठक्करबाट गाईघाट बजारको मुख्यचोकमा आज बिहान मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। गाईघाटबजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै गर्दा पश्चिमबाट तीव्रगतिमा आइरहेको मे. १ ख २१८४ नंको ट्रककाृ ठक्करबाट प्रदेश १–०५–००१ प ६१५१ नम्वरको मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका ११ साउनेका ४३ वर्षिय तारणी मगरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रक तीव्रगतिमा आएका कारण सडकको छेउको बारसमेत भत्काएर मोटरसाइकललाई ठकर दिएको हो। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भर्यरहेको जनाएको छ।

efcbd23f-e15b-4018-88eb-4351ae4c8708