नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

    • चैत्र २५, २०७९
    • ५५४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २५ चैच। गोलबजार नगरपालिकाको आयोजनामा गोलबजार नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। नगरले ‘स्वास्थको लागि खेलकुद,राष्ट्रियको लागि खेलकुद’ भन्ने मुलनाराका साथ गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको हो। सितोरियो कराते र तेक्वान्दो खेल समावेस भएको छ।

    balbibah arnama

    सितोरियो करातेको ६ संवरण पदक र तेक्वान्दो खेलको ६ स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा कराते तर्फ स्वर्ण पदक जित्ने खेलाडीहरु पुरुष ४२ केजी समुहमा ट्रिनिटि अंग्रेजी स्कुलका आशिष पासवान, ४७ केजी समुहमा जनता मा.(प्रा.) बि.गोलबजारका राजन थापा, ५२ केजी समुहमा माउन्ट एभरेस्ट अंग्रेजी स्कुलका अनुज राना मगरले स्वर्ण पदक जिते।

    महिला तर्फ आधारभुत बिधालय धर्मपुरका नम्रता सुनुवारले ४० केजी समुहमा स्वर्ण, जनता मा.(प्रा.) बि. गोलबजार ४ का प्रोसिया चौधरी र मधु साहले स्वर्ण पदक जित्दै जनता मा.(प्रा)बि.गोलबजार टिम प्रथम हुदै टिम प्रथमको उपाधि जित्यो। कराते तर्फ कसम लामाको प्रशिक्षणमा रहेका खेलाडीहरुले मात्र छ स्वर्ण पदक जितेका छन्।

    त्यस्तै तेक्वान्दो खेल तर्फ सिर्जना अंग्रेजी स्कुलका खेलाडीहरु ४५ केजीमा दिव्यान्स भट्ट, ४८ केजी समुहमा प्रशान्त मगर, ५१ केजी पुरुष समुहमा सुरज तामाङले स्वर्ण पदक जिते भने महिला तर्फ ४२ केजी समुहमा सलिना यादव, ४४ केजी समुहमा प्राप्ति राई र ४६ समुहमा अञ्जली राईले स्वर्ण पदक जितेका छन्। सृजना अंग्रेजी स्कुलका तेक्वान्दो प्रशिक्षक सोनाम मौक्तानको हुन्।

    पदक बिजेता खेलाडी तथा स्कुललाई नगर उप प्रमुख मन्ती साहले पुरस्कार गरे।

    मेयर श्याम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा उपमेयर मान्ति साह, प्रमुख प्रशासकीय अधिकृत अन्नत पौड्याल, वडा अध्यक्ष, शिक्षा, युवा,तथा खेलकुद शाखा अधिकृत सुबोध लामा लगायतको सहभागिता रहेको थियो।

    गोलबजार कवर्डहलमा गर्ने भनियको प्रतियोगिता व्याडमिन्टन क्लवले अघोषित अवरोध गरेपनि सृजना सेकेन्ङ इङ्गलिस स्कूलको प्राङ्गणमा सम्पन्न भएको छ। नगरपालिकाले ब्याडमिन्टन क्लवसँग पहिला नै समन्वय नगरेको भन्दै क्लवले अघोषित अवरोध गरेको बताइएको छ।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल