बारा, १९ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय बाराका खरिदारसहित दुई जनालाई घुस रकमसहित पक्राउ गरेका छन्।।

आयोगको हेटौँडामा रहेको कार्यालयबाट खटेको टोलीले १५ हजार रुपैयाँ घुससहित मालपोत कार्यालय बाराको रजिस्ट्रेशन फाँटका खरिदार रामविश्वास साह र लेखापढी व्यवसयनी गौरीशंकर कुशवाहालाई आज आइतवार पक्राउ गरेको हो।
जग्गा रजिस्ट्रेशन पास गराइदिने भन्दै खरिदार साहले घुस रकम लिएको अख्तियारले जनाएको छ।

घुससहित मालपोत कार्यालय परिसर नजिकै रहेको पसलबाट पक्राउ परेका साह र कुशवाहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।