बढ्दो दहेज र महिला हिंसा विरुद्ध मधेशमा सडक नाटक प्रदर्शन

    • चैत्र १७, २०७९
    • १,०४८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १६ चैत। तराई मधेसमा दहेज र महिला हिंसाको घटना बढ्दो छ। बढ्दो दहेजका कारण महिला हिंसाका घटनाहरु दिनदिनै बढिरहेका छन्। केटी पक्षले भनेजती दहेज नदिएकै निहुमा मधेशमा महिला कुटपीट देखि विभिन्न खालका हिंसा र हत्या सम्म हुने गरेको छ।

    बढ्दो दहेज र महिला हिंसा न्यूनिकरणको लागि जनचेतना फैलाउने उदेश्य सहित दलित महिला केन्द, नेपाल (सीडीडव्लूएन) ले मेधश प्रदेशको सिरहा, बारा र पर्साका १० पालिकाहरुमा ‘लैङ्गिक हिंसा’ सम्वन्धि सडक नाटक प्रदर्शन गरेको छ।

    नेपाली समाजमा गहिरोगरी गडेर रहेको छोराप्रतिको आसक्तीलाई नाटले छरलङ्ग देखाएको छ। ‘छोरा नपाएकै कारण बाउ–आमा, समाज, पारिवारिकबाट मानसिक हिंसा खेप्न बुहारीहरु बाध्येय छन्,’ जसलाइ नाटकले जस्ताको तस्तै प्रस्तुत गरेको छ।
    भनेजती दहेज नल्याउने र छोरीमात्र पाउने बुहारीको हविगत कस्तो हुन्छ भन्ने नाटकले देखाएको छ। त्यस्ता श्रीमतीले दिनहु मानसिक तथा शारिरीक हिंसा बेहोनुपर्ने देखी हत्या सम्म हुने गरेको मधेशको तितो सत्य हो। जसलाई नाटकले प्रस्ट पारेको छ।

    विशेषगरी मधेसी समाजमा भनेजती दहेज नल्याउँदा एउटा बुहारी, श्रीमतीले भोग्नु पर्ने प्रताड्नालाई महत्वका साथ नाटकले दर्शाएको छ। सामाजिक कुशंस्कारको रुपमा रहेको दहेज प्रथा, छोरीमात्र पाएका कारण महिलाले भोग्नुपर्ने हिंसालाई नाटकले दर्शाएको छ।

    समाजमा कुरितिको रुप लिदै गरेको दहेथ प्रथा, काहालि लाग्दो अवस्थामा फैलिदै गरेको महिला हिंसा र मानविय कलङ्कको रुपमा रहेको छुवा–छुत प्रथा विरुद्ध सचेतना फैलाउने उद्देश्यले मधेसका जिल्लाहरुमा नाटक मञ्चन गरिएको संस्थाका संयोजक संचिता महर्जनको भनाई छ।

    समाजमा हुने सवै खालका अन्याय, उत्पीडन र कुरिति न्यूनिकरण गर्न नाटकले भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ। मधेसमा दाइजोका कारण घरेलु हिंसा, कुटपिट, जलाउने र हत्यासम्म गर्ने जस्ता घटना बढ्दो छ। यस्ता घटना न्यूनिकरणमा नाटक सहायकसिद्धहुने विश्वास गरिएको छ।

    नाटक मार्फत पीडितले स्थानीय न्यायीक समिति तथा प्रहरी प्रशासन मार्फत कसरी न्याय पाउन सकिन्छ भने पनि देखाइएको छ। कतिपय अवस्थामा न्यायीक समितिले सहजै सुल्झाउन सक्ने विषयमा पनि प्रहरीको सहयोग लिनुपर्ने अवस्था नाटकमा दर्शाएको छ।

    आनन्द पाख्रिनको लेखन तथा निर्देशनमा प्रदर्शित नाटको मुख्य भूमिकामा सिरहाका चर्चीत कलाकार मुकेश यादव ‘नेपाल’, कल्पना पासवान, ज्ञानु श्रेष्ठ, सुनील लामा, टुना आले मगर, विजय साह सहित दर्जनबढी कलाकारको सहभागीता रहेको छ।

    नाटक सिरहाको धनगढीमाई, गोलबजार, कर्जन्हा नगरपालिका, र नरहा गाउँपालिकामा पर्दशन गरिएको छ। त्यसैगरी, बाराको निजगढ, कोलहवी नगरपालिका र करैयामनी गाउपालिकामा र पर्साको पटेर्वा सुगौली, ठोरी र सखुवा प्रसौनी गाउँपालिकामा प्रदर्शन गरिएको आयोजकले बताएको छ।

    daej2 d8f3ae3c-43b2-486a-8bdd-129fd53f41a2

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल