बर्दिवास, ५ चैत। नेपाल सितोरियो कराते संघ मोहत्तरीले नेपाल कराते महासंघ मधेस प्रदेशका पदाधिकारीहरु सम्मान गरेका छन्। बर्दिवास कभर्डहलमा मधेस प्रदेश सभाका सदस्य शारदा देवी थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कराते महासंघ मधेस प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुर , उपाध्यक्ष जीवछ भगत, अशोक कुमार पहाडी, सचिव कसम लामा र कोषाध्यक्ष पालछङ योन्जनलाई सम्मान गरेका हुन्।
सम्मान कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य थापाले मधेस प्रदेश खेलकुद बोर्ड निर्माण गर्ने बिषय सदनमा जोडतोडका साथ उठाउने र खेलकुदको बिकासका लागि आफुले सहदेव सहयोगका लागि अग्रसर रहने बताए। उनले खेलकुदले समाज र देश कै नाम उचो राख्ने बताउँदै यसको सरक्षण र सम्वर्धनमा आफ्नो सधैव साथ सहयोग रहने प्रतिबद्धता जनाए।