मिर्चैयामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

    • चैत्र १, २०७९
    • 222 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १ चैत। सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा ‘खेलकुदमा विद्यार्थी पहिचान, समृद्ध राष्ट्र निर्माणको हाम्रो अभियान’ भन्ने नाराका साथ नगरस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९’ सम्पन्न भएको छ।

    मिर्चैया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा मोहन माध्यमिक विद्यालय मिर्चैयाको खेलमैदानमा गत फागुन २६ गते देखि शुरू भएको भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको हो।

    ))1

    भलिबल प्रतियोगितामा छात्रा पोलर स्टार इङ्गलि बोर्डिङ स्कूल प्रथम भएका छन्। द्वितीय स्थान मोहन माध्यमिक विद्यालय र तेस्रो स्थान टाइम्स स्कुलका छात्राहरुले प्राप्त गरेका छन्।

    छात्रा भलिवलमा उत्कृष्ट खेलाडी पोलर स्टार स्कूलका स्नेहा साहलाई घोसित भएका छन्।

    त्यसैगरी, छात्र तर्फको भलिबल खेल प्रतियोगितामा प्रथम पोलर स्टार, द्वितीय सगरमाथा आवासिय माध्यमिक विद्यालय र विद्यासागर पाठशाला तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन्।

    छात्र तर्फको खेलमा पोलर स्टार स्कूलका मो. परवेज राइन म्यान अप द म्याच घोषित भएका छन्। दुवै उत्कृष्ट खेलाडीलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको छ।

    त्यसैगरी, राष्ट्रपति रनिङ शिल्ड निवन्ध लेखन प्रतियोगितामा स्वस्तिक पाठशालाका खुश्बु यादव प्रथम, सगरमाथा माध्यामिक विद्यालयका शिवशंकर यादव दोस्रो र राम जानकी विद्या मन्दिरका स्वास्तिका यादव तेस्रो भएका छन्। निवन्द लेखन प्रतियोगितामा १७ विद्यालयका छात्रछात्रा सहभागी रहेका थिए।

    प्रतियोताको समापन समारोहमा नगरप्रमु श्रवण कुमार यादव, उपप्रमुख जिवछी देवी साह, निमित्त प्रमुख प्रशासकिय अधिकृत विजय कुमार महतो, शिक्षा अधिकृत भरत कुमार वानियाँ, वडाअध्यक्षहरु, विभिन्न विद्यालयका प्रतिनिधीहरु लगाएको उपस्थिति रहेके थियोा।

    गोलबजारमा ईंटा उद्यो ...

    सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच ...

    आजबाट इस्लाम धर्मावल ...

    सिरहा, १० चैत। इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सु ...

    प्रतिस्पर्धी जनशक्ति ...

    काठमाडौं, ९ चैत। विज्ञहरूले उच्चशिक्षा सुधार र प्रतिस्प ...

    अलौको महायज्ञ पूजामा ...

    सूर्य वि.क. वीरगञ्ज, ९ चैत्र। गैर दलितहरुको अडान ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल