सिरहा , २१ फागुन। लामो समयदेखि तलव नभएको भन्दै सिरहा नगरपालिकाका सरसफाई कर्मचारी आन्दोलित भएका छन्। नगरपालिकाले पछिल्लो चार महिनादेखि दलव भत्ता नदिएको भन्दै उनीहरु घर घरबाट फोहर निकालेर सडकमा फाल्दै आन्दोलनमा उत्रिएका हुन्।

332322603_1293169874606905_6632659983056882119_n

सोही क्रममा आन्दोलनरत सफाई कर्मचारी र प्रहरी बीचहात झडप समेत भएका छन्। होली पर्वको एक दिन अघिसम्म तलब नपाएपछि सडकमा विरोध प्रदर्शनमा ओर्लिनु परेको सरसफाई कर्मचारी सुरज मेस्तरले बताए।

सधैं फोहोर उठाउने र नगरलाई सफा तथा चिटिक्क पार्ने कर्मचारीहरुले तलब नपाएको विरोधस्वरुप सडकमा फोहोर छर्न थालेपछि सिरहा नगर कार्यपालिकामा खलबली मच्चियो। नगरपालिकाले दमकलसहित केही कर्मचारी पठाएर सडकमा पानीको फोहरा हालेर सफा गर्ने क्रममा सफाई कर्मचारीहरुले रोक्न खोजे पछि प्रहरीसँग झडप भएको थियो।

सफाई श्रमिकहरुले दमकललाई पानीको फोहोरा हाल्न अवरोध गरेपछि वडा प्रहरी कार्यालयबाट प्रहरी टोली पुगेका थिए। प्रहरी संगको झडपमा दर्जनबढी सरसफाई कर्मचारी घाइते भएका छन्।

आन्दोलनरत सफाईकर्मीहरुले प्रहरी दमन भएको आरोप लगाए पनि प्रहरी उपरीक्षक टेकु नन्द ईवा लिम्बुले बल प्रयोग नभएको दावी गरे। उनले सफाई कर्मचारीहरुले नै प्रहरीलाई धकेलेको बताए । प्रहरीले संयमता अपनाउँदै उनीहरुलाई सम्झाई बुझाई गरेको लिम्बुको भनाइ छ। तर प्रहरील भने सरसफाई कर्मचारीमाथि अन्धाधुन्द लाठीहानेको बताएको छ।

भ्mडप पछि सफाई कर्मचारीहरु नगरपालिका कार्यालय अगाडि धर्नामा बसेका छन्। नगरपालिकाको तर्फबाट भने केही प्रतिक्रिया जनाइएको छैन। यस विषयमा प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार यादवसँग सोध्दा उनले भने तलब जम्मा हुने क्रममा छ। को –को कर्मचारीसँग कति समयको लागि करार भएको छ त्यसबारे छानविन हुँदैछ। यथाशीघ्र तलब निकासा हुन्छ। कसैले परिस्थितिलाई अनावश्यक उत्तेजक बनाउन भूमिका खेलेको उनको आरोप छ ।