काठमाडौं, १७ फागुन। सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। विद्यालय सभा हल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएको भन्दै मेयरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मेयर गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जनाए।

अख्तियारले घुस लिएको अवस्थामा गएको माघ ३ गते इन्जिनियर साहलाई पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुवै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारले जारीगरेको विज्ञप्तिमा उल्लेख छ।

barger