सर्लाही, ११ फागुन। सर्लाहीको लालबन्दीमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी पुरानो नगरपालिका कार्यालय अगाडि बा ५८ प १८१६ नम्बरको मोटरसाइकलको ठक्करबाट लालबन्दी नगरपालिका ७ दुर्गा मन्दिर चोकका ७० वर्षीय मौजे साह रौनियारको मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते रौनियारको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि न्युरो अस्पताल कलैया पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
वृद्धलाई बिहीबार बिहान ७ बजेतिर सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करदिने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिए।