बुवाको हत्या हत्या आरोपित छोरा पक्राउ

    • फाल्गुन ३, २०७९
    • 118 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सप्तरी, ३ फागुन। सप्तरी प्रहरीले आफ्नै बुवाको हत्या गरी फरार रहेको आरोपमा छोरालाई पक्राउ परेका छन्। हनुमाननगर कंकालिनी नगरपालिका १४ का ६५ वर्षीय जगदिश रामको हत्या गरी फरार रहेका ३५ वर्षीय छोरा देवकुमार राम पक्राउ परेका हुन्।

    घटनापछि फरार रहेका आरोपित पछिल्लो समय गाउँघरमा नै लुकीछिपी बस्दै आएका भन्ने जानकारी पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी नरेश कुमार सिंहले बताए।

    आफ्नै घरमा बसिरहेका बेला २०७६ बैशाख २१ गते राति देवकुमारले घरायसी विवादमा बुवाको हत्या गरेका थिए। जग्गा जमिनका विषयमा बुवाछोराबीच विवाद रहेको थियो। घटनापछि मृतककी जेठी बुहारी ३० वर्षीया सुनीतादेबी रामले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी थिइन्।

    जिल्ला प्रहरी कार्यालयले घटनाको भोलिपल्टै उजुरी दर्ता गरेपनि आरोपित ३ वर्षदेखि फरार रहेका थिए।

    barger

    गोलबजारमा ईंटा उद्यो ...

    सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच ...

    आजबाट इस्लाम धर्मावल ...

    सिरहा, १० चैत। इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सु ...

    प्रतिस्पर्धी जनशक्ति ...

    काठमाडौं, ९ चैत। विज्ञहरूले उच्चशिक्षा सुधार र प्रतिस्प ...

    अलौको महायज्ञ पूजामा ...

    सूर्य वि.क. वीरगञ्ज, ९ चैत्र। गैर दलितहरुको अडान ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल