• हेमशंकर सिंह

राजविराज, २८ माघ। प्रधानमन्त्री रोजगार कार्यक्रमको रकमबाट खटाईदै आएको श्रमिकलाई सार्वजनिक निर्माणको काममा लगाउने निर्णयको विरोधमा खडक नगरपालिकाका अधिकाशंक वडाअध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकषर्ण गराएको छ। नगरपालिकाका नौ जना वडाअध्यक्षले सामुहिक रुपमा प्रमुख प्रशासकीय अधिकृतलाई प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई योजनाका काममा सहभागी नगराई दिन निवेदन दिएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा सरकारले स्थानीय तहहरुमा पठाउँदै आएको रकम वडाअध्यक्षहरुले आफूअनुकुल चलाउँदै व्यापक दुरुपयोग गर्दै आएको भन्दै पछिल्लो समय नगर प्रमुखले सो योजनामा आएको रकमका श्रमिकहरुलाई योजनाका काममा खटाईने निर्णय गरेपछि वडाअध्यक्षहरुले विरोध गरेको नाम नबताउने शर्तमा एक वडाअध्यक्षले बताए।

उनका अनुसार नगर प्रमुख जय प्रकाश चौधरीले ती श्रमिकलाई वडाका योजनाहरुमा काम गर्न दिएपछि उपभोक्ता समितिलाई पनि सहज हुने र काम पनि योजनाको रकम भन्दा बढी हुने बताए। उनले योजनाको काममा लगाउँदा श्रमिकको सदुपयोग हुने मनसायले त्यस्तो गर्न लागेको जनाए।

नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि एक करोड ५० लाख रकम आएको जनाएको छ। छानियका श्रमिकलाई वडाहरुको उपभोक्ता समितिले गर्ने योजनाको काममा खटाएपछि २० प्रतिशत बढी काम हुने नगरप्रमुको दावी छ। तर, वडा अध्यक्षहरुले त्यस्तो गर्नबाट रोक्नको लागि निवेदन दिएको हो।

यता उपभोक्ता समितिले भने प्रधानमन्त्री रोजगार कार्यमका श्रमिक मार्फत काम गराउ तयार रहेको तर वडा अध्यक्षहरुले ती श्रमिकलाई नखटाउन निवेदन दिएको हो।
मुलुकभित्र रोजगारीका पर्याप्त अवसर सिर्जना गरी उपलब्ध जनशक्तिको महत्तम उपयोग गर्दै आर्थिक विकासमा योगदान पु¥याउने तथा सबैका लागि न्यूनतम रोजगारी सुनिश्चित गरी सामाजिक सुरक्षाको व्यवस्था गर्ने उद्घेश्यले संघ, प्रदेश र स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमको सञ्चालन गर्न नेपाल सरकारले यो निर्देशिका जारी गरेको छ।

सो निर्देशिका मार्फत स्थानीय स्तरमा रोजगारीको प्रवद्र्धनका लागि सार्वजनिक निर्माणका कार्यहरुमा सम्भव भएसम्म श्रममूलक प्रविधिको प्रयोग गर्ने, रोजगारी सिर्जनाका लागि अन्तरक्षेत्रगत तथा अन्तरतहगत समन्वय गर्ने लगायतका कार्यहरु गर्ने उलेख रहेको छ।