काठमाडौं, २५ माघ। देशको महत्वपूर्ण शक्ति युवा तथा विद्यार्थीहरुलाई विदेश पठाउने र विभिन्न बहानामा पुँजी पलायन गरी राज्यलाई असफल बनाउने षड्यन्त्र छताछुल्ल भएको बक्ताहरुले बताएका छन्।
अखिल (क्रान्तिकारी) द्वारा राजधानीको संवाद डबलीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै नयाँ जोसलिएर उदाएकाहरुले पनि जनतालाई निराश बनाउनुले सो कुरा पुष्टिभएको बताएका हुन्।
‘चिकित्सा शिक्षा र पुँजी–प्रतिभापलायन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा (बहुमत) काप्रवक्ता हेमन्तप्रकाश ओलीले विदेशीरुले आफ्ना एजेन्टहरु मार्फत नेपाललाई कमजोर बनाएर असफल बनाउन लागिपरेको बताए।
प्रवक्ता ओलीले युवाहरु देशमा रहिरहे विदेशी मनसुभाको प्रतिरोध गर्ने हुनाले युवा तथा प्रतिभा पलायनको वातावारण जबरजस्त बनाइरहेको आरोप लगाए।
उनले आफूसँगै जनयुद्धमा लडेका प्रचण्डको भनाई र गाराईमा आकाश र जमिनको फारक भएको बताउँदै भने, ‘उहाँले हामीलाई एउटा कुरा पढाउनु भयो, तर आफै अर्कै बाटो लाग्नु भयो, उहाँ आज सत्तामा भएर के गर्नु जनतन झन् आहतमाछन्। प्रचण्डले व्यवस्था परिवर्तनको लागि लड्ने र लडाउनेकार्य गर्नुभयो तर अफै त्यही दलाल संसदिय व्यवस्थाको भाषमा पशेर झन देश असरल्ल पार्नुभयो।’ उनले दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनु पर्नेमाजोड दिए।
शिक्षाविद तथा प्रा.डा.विद्यानाथ कोइरालाले देशमा काँग्रेस, कम्युनिष्ट नयाँ जोशसहित जनताबाट चुनिएर सरकार र सत्तामा पुगेका कोहीले पनि जन अपेक्षा अनुसार कामगर्न नसकेकोले आशा र भरोसा गर्न लायक मान्छे नै नरहेको बताए। कोईरालाले परिवर्तनका पुराना नाराले केही नहुने भन्दै सबैले व्यवहार सुधार्न पर्ने धारणा राखे।
त्यसैगरी चि
कित्सा शिक्षा आयोगका सदस्य सचिव भोजराज काफ्लेले ऐन नियमले पारेका जटिलताहरु सुधार गर्दै लैजाने प्रतिबद्दता व्यक्त गरे।
कार्यक्रममा नेकपा (
बहुमत) कार्यालय सदस्य दीपक चलाउनेले वर्तमान संसदिय व्यवस्थामा कर्पोरेटरहरुले राजनीतिज्ञहरुलाई पनि आफ्नो पञ्जामा राखेर सरकार र सत्ता चालइरहेकोले देश असफलतातिर गएको बताए।
चलाउनले देशबाट दैनिक हजारौं युवा तथा विद्यार्थीसाँगै अरबौंको ढुकुटी पलायन गराउने अनि देशलाई कंगल बनाएर असफल राष्ट्रमा परिणत गराउने विदेशी षड्यन्त्र उदाङ्गो भएकोले युवाहरु पुनः जागरुक हुनुपर्नेमा जोड दिए। चलाउनेले विदेशी कुचेष्टामा यहाँका नेताहरु संम्मिलीत भएको दिनको घामजस्तै छर्लङ्ग भएको जिकिर गर्दै भने, ‘आज युवाहरु निराशभएर प्रेम आचार्य हुने कुरा भन्दापनि चेग्वे भारा हुने सोच्नुस, फेरी एकपटक विदेशी एजेण्टहरुलाई पराजित गरेर युवाका सपना पुरा गर्नुपर्छ।’
सिटिइभिटी सदस्य सचिव जीवनारायण काफ्लेले देशका हरेक क्षेत्रमा राजनीति चलेको र ऐन, नियम र कानुनमा प्रस्टै अधिकार प्रत्याजन गरिएपनि विविध कारण देखाएर कामगर्ने वातावरण नभएको बताए।
आखिल (क्रान्तिकारी) फ्याक्सन इन्चार्ज पूणबहादुर सिंहले देशबाट हजारौं प्रतिभा र पुँजीपलायन गर्न कन्सल्ट्यान्स र विदेशी सम्बन्धनप्राप्त कलेजले मुख्य भूमिका खेलेकोले उनिहरुलाई कडा नियमनमा ल्याउनु पर्नेमा जोड दिए।
शिक्षामन्त्रालयकीउपसचिवदुर्गा कडेलले युवाविद्यार्थी निराशनभएर देशमै भविष्यखोज्ने वातावरणनिर्माणभइरहेको बताईन।
अखिल(क्रान्तिकारी) काअध्यक्ष हरिकृष्ण गजुरेलले शैक्षिकतथाचिकित्सा क्षेत्रमाव्यापारीकरण, दलालिकरणहुँदै माफियाकरणमागएकोलेत्यसविरुद्धकडाआन्दोलनको आवश्यकताभएको बताए।
फोरम फर हेल्थएण्ड टेक्नीकल साइन्सका महासचिव निर्मल सापकोटाले सरकारी विश्वविद्यालयले पनि निजी जस्तै शुल्कबढाएर महाँगो बनाउने, कोटातोक्ने तर गुणष्तरमा सुधार नगर्ने कार्यले शिक्षा तथा चिकित्सा क्षेत्र विग्रेकोआरोप लगाए।
सो कार्यक्रममा इन्स्टीट्यूटअफ मेडिसिन महाराजगञ्जको डिन कार्यालयले सहमति अनुसार कार्यान्वयन नगरेको भन्दै चिकित्सा शिक्षा सुधार संघर्ष समितिका प्रवक्ता सूर्यबहादुर थापाले आफूहरुलाई निराश बनाएको बताए।
सो संघर्ष समितिका करिब ४ दर्जन विद्यार्थीले प्लेकार्ड प्रदर्शन गरेर ध्यानकर्षण गराएका थिए।अखिलक्रान्तिकारीकाअध्यक्षमिलन राईले विद्यार्थीहरुले वेथितिकाविरुद्ध गरेकाअन्दोलनलाई कमजोर ठाने ठूलो क्षतिहुने चेतावनीदिए।