सिरहा, १३ माघ। सिरहा प्रहरिले १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ भने एकजना फारार रहेको छ। सिरहा नगरपालिका एक घरमा पसि बालिमामाथि जवरजस्ती करणी गरेको अभियोगमा सिरहा नपा २२ का २४ वर्षीय संतोष यादवलाई बिहीबार पक्राउ गरेको हो। ठेगाना नखुलेका २३ वर्षीय सरोज कुमार यादव भने फरार रहेको छ।
दुवैजना ती बालिकाको घरमा पसी जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूमध्ये संतोष यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर शंकर चौधरीले जानकारी दिए।
फरार सरोजको खोजी भईरहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।