पर्सागढी नगरपालिकामा भूमि आयोगको काम अन्तिम चरणमा, फागुन मसान्त भित्र २ सय जनालाई भूमि उपलब्ध गराउने तयारी

    • माघ ११, २०७९
    • २८७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ११ माघ। पर्साको पर्सागढी नगरपालिकामा भूमि आयोगको काम अन्तिम चरणमा पुगेको जनाएको छ। पहिलो चरण अन्र्तगत ८ सय जनाको लागत संकलन भएको काम अन्तिम चरणमा पुगेको हो।

    आयोगका पर्सा अध्यक्ष तबरेज अहमदले नगरपालिकामा आयोजित एक दिने अभिमुखीकरणका क्रममा पहिलो चरणको टुङ्गिने अवस्थामा पुगेको जानकारी दिए।

    अध्यक्ष अहमतले पहिलो चरणमा भएका ८ सय लागत संकलनमध्येय फागुन मशान्तभित्र कम्तीमा २ सय जनासम्मलाई भूमि उपलब्ध गराउने गरी काम भइरहेको बताए।

    पर्सागढी नगरपालिकाकी उपप्रमुख पूजा चौधरीले आयोगको कामको सह्राना गर्दै नगरपालिकाले समन्वय र सहजीकरणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइन्।

    ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले बुधवार अभिमुखीकरण पनि सम्पन्न गरेको छ।

    भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जनप्रतिनिधि एवम् कर्मचारीहरुलाई प्रशिक्षण दिएका थिए।

    भूमि आयोग पर्साले दोस्रो चरणको लागत संकलनको काम पनि शुरु गरेको छ। पर्साको पर्सागढी नगरपालिकाबाटै भूमि आयोगले दोस्रो चरणको काम शुरु गरेको हो।

    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविरमण सुवेदी, आयोगकी सदस्य हेम कुमारी भट्राई, विज्ञ सदस्य हिमाल चन्द्र गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, पालिकास्तरको भूमिहिन सहजीकरण समितिका पदाधिकारी एवम् सदस्य लगायतको उपस्थिती रहेको थियो।

     

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल