मेयर कप अन्तर्गत मैत्रीपुर्ण महिला फुटबलमा मझौ बिजयी

    • माघ ६, २०७९
    • ३७१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    राजविराज, ६ माघ। शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार छुट्टै मैत्रीपुर्ण फुटबल खेल सम्पन्न भएको छ।

    प्रतियोगिता अन्तर्गत आज बिहीवार भएको शम्भुनाथ नगरपालिकाको मेयर ११ र प्रशासकीय ११ बीचको मैत्रीपुर्ण खेलमा मेयर ११ शुन्यका बिरुद्ध एक गोल अन्तरले बिजयी भएको छ।

    मेयर ११ को नेतृत्व शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ताले र प्रशासकीय अधिकृतको ११ को नेतृत्व प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले गरेका थिए।

    यस्तै बिहीवारै भएको शम्भुनाथ नगरपालिका भेट्रान र लहान भेट्रान बीचको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा ट्राई्ब्रेकरमा शम्भुनाथ नगर भेट्रान तीनका बिरुद्ध चार गोल अन्तरले बिजयी भएको छ। निर्धारित समयभित्र कुनै पनि टिमले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिएको थियो।

    त्यस्तै बिहीबारै सम्पन्न महिला मैत्रीपुर्ण फुटबल प्रतियोगितामा नमो बुध्द महिला फुटबल टिम मझौ सप्तरी बिजयी भएको छ। गाईघाट महिला फुटबल टिम उदयपुरलाई शुन्यका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै मझौ महिला टिम बिजयी भएको हो। बिजेता र उपबिजेता टिमलाई शम्भुनाथ नगरपालिका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ताले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।

    फुटबल प्रतियोगिताको फाइनलमा आज शुक्रबार नमो बुध्द फुटबल टिम मझौ सप्तरी र तालतलैया फुटबल टिम सुनसरी बीच हुने आयोजक संयासी युवा क्लव पोखरियाका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए।

    शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको थियो। प्रतियोगिताका बिजेताले ५५ हजार तथा ट्रफि र उपविजेताले ४५ हजार नगद प्राप्त गर्नेछ।

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल