मझौ मेयर कपको फाइनलमा

    • माघ ३, २०७९
    • ५०२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    राजविराज, ३ माघ। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगितामा नमो बुध्द फुटबल टिम मझौ सप्तरी फाईनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न खेलमा त्रियुगा स्पोर्टस क्लब फतेपुर सप्तरीलाई शुन्यका बिरुद्ध एक गोल अन्तरले पाखा लगाउँदै मझौले फाइनलको यात्रा तय गरेको हो।

    अत्यन्तै प्रतिष्पर्धात्मक खेलको दोश्रो हाफको २१ औं मिनेटमा मझौका कृपा चौधरीले गोल गर्दै टिमलाई जित दिलाएको हो। प्रतियोगिता अन्तर्गत भोली बुधवार हुने दोश्रो सेमिफाइनलमा तालतलैया फुटबल टिम सुनसरी र बिभागीय टोली एपीएफ बर्दिबासले प्रतिष्पर्धा गर्ने संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए।

    शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको छ। प्रतियोगिता माघ ६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले नगद ५५ हजार तथा ट्रफि र उपविजेताले नगद ४५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

    संयासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै औंएको छ।

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल